नेपाली जनसम्पर्क समिति भारतको अध्यक्षमा पुन: पाण्डे विजयी

२० मंसिर, पन्जाब । नेपाली कांग्रेस निकट नेपाली जनसम्पर्क समिति भारतको अध्यक्षमा संस्थापन पक्षका बालकृष्ण पाण्डे विजयी भएका छन् । आइतबार पन्जाबको राजधानी चण्डीगढमा भएको नवौं अधिवेशनबाट पाण्डे तेस्रो कार्यकालका लागि निर्वाचित भएका हुन् । पाण्डे ७० मत अन्तरले अध्यक्षमा विजयी भएका छन् । पाण्डेले ११६ र अर्का प्रत्यासी धर्मागत काफ्लेले ४६ मत पाए । […]