काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग गर्दै आज पनि नेपाल बार एशोसिएसनले सर्वाेच्च अदालतमा विरोध प्रदर्शन गरेको छ। प्रधानन्यायाधीश जबरालाई राजीनामा दिन दिएको पाँच दिने अल्टिमेटमको आज अन्तिम दिन बार एशोसिएसनले विरोध प्रदर्शन गरेको हाे । गत आइतबारदेखि विराेध प्रर्दशन गर्दै आएका कानुन व्यवसायीहरुले हातमा कालोपट्टी बाँधेर सर्वोच्च अदालत परिसरमा धर्ना दिएका हुन्। […]