काठमाण्डाै – नेपाल बार एसोसिएशनले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरासँग वार्ता नगर्ने भएको छ । आज साेमवार बसेको बार एसोसिएशनको बैठकले प्रधानन्यायाधीश जबरासँग वार्ता नगर्ने निर्णय गरेको बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठले जानकारी दिनुभयो ।
प्रधानन्यायाधीश जबराले आज बिहान विज्ञप्ति निकालेर संवादका लागि आह्वान गर्दै संवादबाटै समस्याको समाधान गर्न सकिने बताउनुभएको थियो । तर प्रधानन्यायाधीशसँगको संवादले समस्या समाधान नहुने अध्यक्ष श्रेष्ठले बताउनुभयो ।
उहाँले प्रधानन्यायाधीश जबरासँग आफूहरूले कुनै किसिमको वार्ता नगर्ने भन्दै...