जनकपुरधाम : प्रदेश २ सरकारले प्रदेशका आठवटै जिल्ला प्रशासन कार्यालयलाई उपलब्ध गराउन वारुण यन्त्र (दमकल) खरिद गरेको छ।आन्तरिक मामिला तथा कानुन मन्त्रालयका प्रवक्ता अवधकिशोर कुशवाहाका अनुसार नौवटा दमकल खरिद गरिएको छ। ती दमकलमध्ये आठवटा जिल्ला प्रशासन कार्यालयलाई र एउटा प्रदेश प्रहरी कार्यालयलाई उपलब्ध गराइने कुशवाहाले बताए। आन्तरिक मामिला तथा कानुन मन्त्रालयमार्फत खरिद गरिएको दमकलको मूल्य पाँच करोड रुपैयाँ रहेको मन्त्रालयले जनाएको छ। सरकारले खरिद गरेका दमकल बिहीबार साँझ जनकपुरधाम आइसकेको छ। य