प्रदेश २ सरकारलाई साढे ७३ लाखको स्वास्थ्य सामग्री हस्तान्तरण

जनकपुरधाम : प्रदेश २ सरकारलाई सेभ द चिल्ड्रेनले ७३ लाख ५८ हजार रुपैयाँ बराबरको स्वास्थ्य सामग्री प्रदान गरेको छ। सामग्रीहरू मुख्यमन्त्री लालबाबु राउतमार्फत प्रादेशिक आपूर्ति व्यवस्थापन केन्द्र जनकपुरलाई हस्तान्तरण गरिएको हो।हस्तान्तरण गरिएका सामग्रीमा आइभी स्ट्याण्डसहितका आइसियु बेड, भाइरल ट्रान्स्पोर्ट मिडियम, सिप्याप, बिप्याप, अक्सिजन कन्सनट्रेटरलगायत कोभिड–१९ उपचारका लागि अन्य विभिन्न अत्यावश्यक स्वास्थ्य सामग्रीहरू रहेका छन्।सेभ द चिल्ड्रेन पूर्वाञ्चल फिल्ड कार्यालयका सहनिर्देशक ड

सम्बन्धित सामग्री

कोभिड महामारीमा महासंघको दिगो सञ्जाल परिचालन

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले आफू मातहतको सिंगो सञ्जाल कोरोना महामारीले निम्त्याएको विपद्लाई नियन्त्रणमा ल्याउन सर्वसाधारणको स्वास्थ्य सुरक्षा र सहयोगमा परिचालन भएको जनाएको छ । महासंघले आफ्ना सातै प्रदेशका सदस्य उद्योग वाणिज्य संघका पदाधिकारीसँग जारी निषेधाज्ञाले उद्योग व्यवसायमा पारेको असरका विषयमा टेलिफोन संवाद हुँदा मुलुकभर करिब ६८ देखि ७० प्रतिशत उद्योग व्यवसाय कोभिडका कारण प्रत्यक्ष प्रभावित भएको पाइएको बताएको छ । महासंघले आफ्ना सातै प्रदेशका सदस्य उद्योग वाणिज्य संघका पदाधिकारीहरूसंग जारी बन्दाबन्दी र निषेधाज्ञाले उद्योग व्यवसायमा पारेको असरका विषयमा टेलिफोन संवाद हुँदा मुलुकभर करिव ६८ देखि ७० प्रतिशत उद्योग व्यवसाय कोभिडका कारण प्रत्यक्ष प्रभावित भएको पाइएको जनाएको छ । प्रदेशगत रूपमा प्रदेश १ मा ८२.७ प्रतिशत, गण्डकी प्रदेश ७५ प्रतिशत, बागमती प्रदेश (६९ प्रतिशत, प्रदेश २ ६९ प्रतिशत, लुम्बिनी प्रदेश ६४.५ प्रतिशत, सुदूरपश्चिम ५७.७ प्रतिशत र कर्णाली प्रदेशमा ४५.५ प्रतिशत उद्योग व्यवसायमा असर पर्न गएको महासंघले जनाएको छ । खाद्यान्न, स्वास्थ्यसँग सम्बन्धित, स्वास्थ्य तथा अत्यावश्यक वस्तु तथा सेवामा आधारित उद्योग व्यवसाय, पिउने पानी, कृषिबाहेक सबै क्षेत्रका उद्योग व्यवसाय ठप्प रहेको महासंघको भनाइ छ । महासंघका अनुसार उद्योग व्यवसाय चलाउने लाखौं मानिस घरभित्र थुनिएर बसेका छन् । यो बेलामा उद्योग व्यवसायभन्दा पनि सामाजिक भावनाअनुरूप नेपालीको स्वास्थ्य बचाउनु ठूलो भएकाले सिंगो निजी क्षेत्रले सम्पूर्ण रूपमा सरकारलाई साथ दिइरहेको महासंघले प्रस्ट पारेको छ । कोभिड महामारीको चपेटामा उद्योगी व्यवसायी परे पनि अहिले उद्योग व्यवसाय क्षेत्र अग्रभागमा रहेर सकेको सहयोग गर्न जुटिरहेको महासंघको भनाइ छ । महासंघले विषम परिस्थितिमा निजी क्षेत्र, सरकार र सर्वसाधारणको साथ रहेको प्रतिबद्धता जनाउंदै आफ्नो सिंगो सञ्जाललाई आ–आफ्नो क्षेत्र र तहबाट सहयोगमा उत्रिन अपिलसमेत गरेको बताएको छ । उद्यमी व्यवसायीले आइसोलेशन निर्माण, सञ्चालन, स्वास्थ्य सामग्रीको व्यवस्था, अक्सिजन÷कन्सन्ट्रेटरलगायत अत्यावश्यक औषधीको सहज आपूर्ति, अक्सिजन बैंकको स्थापनामार्फत अक्सिजन आपूर्ति, स्वास्थ्य सामग्री हस्तान्तरण, हेल्प डेस्कमार्फत सहयोगमा जुटिरहेका छन् । त्यस्तै, स्वास्थ्य परामर्श, एम्बुलेन्स सेवामा सहजीकरण, बिरामीलाई अस्पतालसम्म लैजान यातायातको समन्वय, बेड तथा भेन्टिलेटरको व्यवस्था, खाद्यान्न सामग्रीको वितरण तथा खाना खुवाउने प्रबन्धमा महासंघको सञ्जाल परिचालित हुँदै आएको छ । महासंघका अनुसार करिब १ सय वटा जिल्ला÷नगर उद्योग वाणिज्य संघ मानवीय सहायता जोडिएका छन् । महासंघका केही सदस्य उद्योग वाणिज्य संघले राहत कोष नै खडा गरी स्वास्थ्य सहयोग गरिरहेका छन् । कतिपयले स्थानीय निकाय र अस्पतालसँग समन्वय गरी बेड विस्तार, आइसियू वार्ड निर्माण, कोरोना विशेष अस्पताल निर्माण, आइसोलेसन केन्द्र निर्माण तथा सञ्चालनलगायतमा सहयोग गरिरहेको महासंघले जानकारी दिएको छ । महासंघका वस्तुगत संघ, एसोसिएट सदस्य औद्योगिक एवं व्यावसायिक घराना, उद्योग प्रतिष्ठान, बैकिङ क्षेत्रले विभिन्न अस्पताललाई आर्थिक सहयोग, अक्सिजन, औषधीसहित अत्यावश्यक स्वास्थ्य सामग्रीको सहयोग गरिरहेको महासंघले बताएको छ ।

नारायणी अस्पताललाई भेन्टिलेटर सहयोग

८ मंसिर, वीरगञ्ज । वीरगञ्जस्थित नारायणी अस्पताललाई एक थान भेन्टिलेटरसहित स्वास्थ्य सुरक्षासम्बन्धी सामग्री हस्तान्तरण गरिएको छ । कोका—कोला फाउन्डेसनले नेपाल रेडक्रस सोसाइटी पर्सा शाखामार्फत भेन्टिलेटरसहित स्वास्थ्य सामग्री हस्तान्तरण गरेको हो । प्रदेश २ की आर्थिक मामिला …

प्रदेश २ सरकारलाई ‘सेभ द चिल्ड्रेन’ले दियो पीपीई लगायतका स्वास्थ्य सामग्री

जनकपुरधाम : ‘सेभ द चिल्ड्रेन’ले प्रदेश २ सरकारलाई कोरोना भाइरसको संक्रमण नियन्त्रणमा सहयोग पुर्‍याउने उद्देश्यका साथ २ सय ६३ थान व्यक्तिगत सुरक्षा सामग्री (पीपीई) लगायत अत्यावश्यक स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ। सामाजिक विकास मन्त्री नवल किशोर साह र मन्त्रालयका सचिव डाक्टर रामप्रसाद घिमिरेको उपस्थितिमा सामग्री हस्तान्तरण गरिएको हो। कार्यक्रममा