जनकपुर । सेभ द चिल्ड्रेनद्वारा प्रदेश २ सरकारलाई कोभिड-१९को सङ्क्रमण न्यूनीकरण तथा उपचार गर्न सघाउने उद्देश्यले ७३ लाख ५८ हजार बराबरको अत्यावश्यक स्वास्थ्य सामग्रीहरू हस्तान्तरण गरिएको छ । ती सामग्रीहरू प्रदेश २ का मुख्य मन्त्री लालबाबु राउत मार्फत प्रदेश २ स्थित प्रादेशिक आपूर्ति व्यवस्थापन केन्द्र जनकपुरलाई हस्तान्तरण गरिएको छ ।