हिमालयन जनरल इन्स्योरेन्सको शेयरमूल्य समायोजन

जेठ १३, काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले बिहीवार हिमालयन जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडको बोनस शेयरको मूल्य समायोजन गरेको छ । नेप्सेले ३ प्रतिशत बोनस शेयरको समायोजनपछि शेयरमूल्य रू. ७४४ तोकेको छ । कम्पनीको अघिल्लो कारोबारको दिन अर्थात मंगलवार कायम अन्तिम शेयरमूल्य रू. ७६६ को आधारमा शेयरमूल्य समायोजन भएको हो । कम्पनीले लाभांश तथा साधारण सभा प्रयोजनार्थ बिहीवार बुकक्लोज गरेसँगै नेप्सेले शेयरमूल्य समायोजन गरेको हो ।  कम्पनीले ३ प्रतिशत बोनस शेयर र ३ दशमलव ७५ प्रतिशत नगद लाभांश (कर समेत) पारित गर्न जेठ २८ गते २७औं वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीको वैशाख १७ गते बसेको सञ्चालक समितिको बैठकले कम्पनीको केन्द्रीय कार्यालय थापागाउँ, काठमाडौंमा बिहान ११ बजे सभा गर्ने निर्णय गरेको हो । कोभिडको जोखिमलाई ध्यानमा राखी भर्चुअल माध्यमबाट सभा गर्ने तयारी कम्पनीको छ । कम्पनीले हाल कायम चुक्तापूँजी रू. १ अर्ब ६ करोड ८२ लाख ८८ हजारको आधारमा उक्त लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

सम्बन्धित सामग्री

नेप्सेले तोक्यो हिमालयन एभरेष्ट इन्स्योरेन्सको संस्थापक सेयरको ओपनिङ रेन्ज

नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले हिमालयन एभरेष्ट इन्स्योरेन्सको संस्थापक सेयरको ओपनिङ रेन्ज तोकिएको छ । नेप्सेले साविकको हिमालयन जनरल इन्स्योरेन्स र एभरेष्ट इन्स्योरेन्स मर्जर पश्चात कायम हुन आएको संस्थापक सेयरको ओपनिङ रेन्ज तोकिएको हो ।नेप्सेले कम्पनीको संस्थापक सेयरको पहिलो कारोबारको लागि प्रतिकित्ता न्युनतम २१० रुपैयाँ तोकिएको हो । सोही अनुसार कम्पनीको संस्थापक सेयर दोस्रो बजारमा कारोबार हुनेछ ।

हिमालयन जनरल र एभरेष्ट इन्स्योरेन्स एक आपसमा गाभिने प्रस्ताव पारित

६ असार, काठमाडौं । हिमालयन जनरल इन्स्योरेन्सको विशेष साधारणसभाले हिमालयन जनरल इन्स्योरेन्स कम्पनी र एभरेष्ट इन्स्योरेन्स कम्पनी एक आपसमा गाभ्ने/गाभिने प्रस्ताव पारित गरेको छ । २ असारमा भएको साधारण सभाले उक्त प्रस्ताव पारित गरेको हो । यी दुई कम्पनी गाभिएपछि बन्ने कम्पनीको नाम हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेड राख्ने र सो कम्पनीबाट निर्जीवन बीमा व्यवसाय गर्नेसम्बन्धी […]

एभरेष्ट इन्स्योरेन्स र हिमालयन जनरल इन्स्योरेन्स आपसमा गाभिने

एभरेष्ट इन्स्योरेन्स कम्पनी र हिमालयन जनरल इन्स्योरेन्स कम्पनी एकापसमा गाभिने (मर्ज) भएका छन् । एभरेष्ट इन्स्योरेन्सको बिहीबार सम्पन्न विशेष साधारण सभाले दुई कम्पनी एक आपसमा गाभ्ने गाभिने विशेष प्रस्ताव सर्वसम्मत पारित गरेको हो । साथै सम्पत्ति दायित्व मुल्याङ्कनकर्ताको नियुक्ति तथा निजको पारिश्रमिक, सेयर आदान प्रदान अनुपात, मर्जर पछि बन्ने संस्थाको संचालक समिति तथा सेयर आदान प्रदान अनुपात लगायतका सम्पूर्ण विशेष प्रस्तावहरू पनि साधारणसभाले सर्वसम्मत पारित गरेको छ ।  सभाले मर्जर पछि

हिमालयन जनरल इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृतमा शाह नियुक्त

काठमाडौँ- नेपालकै सबैभन्दा पुरानो र स्थापित निर्जीवन बीमा कम्पनी हिमालयन जनरल इन्स्योरेन्स कम्पनीले विजयबहादुर शाहलाई आफ्नो नयाँ प्रमुख कार्यकारी अधिकृतका रुपमा नियुक्त गरेको छ। उनले २०७८ फागुन १ गतेदेखि कार्यभार सम्हालेका हुन्। शाहले नियुक्तिपछि भने, ‘हिमालयन जनरल इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृत जस्तो गरिमामय पदको जिम्मेवारी सम्हाल्न पाउँदा एकदमै हर्षित र गौरवान्वित भएको छु । वास्तवमा […]

हिमालयन जनरल इन्स्योरेन्सको सीईओमा शाह नियुक्त

हिमालयन जनरल इन्स्योरेन्स कम्पनीको सीईओमा विजयबहादुर शाह नियुक्त भएका छन् । कम्पनीको हालै सम्पन्न बोर्ड बैठकले शाहलाई प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा नियुक्त गर्ने निर्णय गरेको हो । नवनियुक्त सीईओ शाहले फागुन १ गतेदेखि नै जिम्मेवारी सम्हालेका छन् । यसअघिका सीईओ सुशील बज्राचार्यले आफ्नो ६ वर्ष ५ महिनाको सिइओको जिम्मेवारी पूरा गरेर बाहिरिएसँगै सो स्थानमा शाहलाई नियुक्त गरिएको हो । शाह चार वर्षदेखि कम्पनीको नेतृत्वदायी भूमिकामा रहँदै आएका छन् ।पदभार ग्रहण गर्दै सीईओ शाहले आफ्नो कार्यकालमा कम

हिमालयन जनरल इन्स्योरेन्सको सीईओमा शाह

हिमालयन जनरल इन्स्योरेन्स कम्पनीले विजयबहादुर शाहलाई प्रमुख कार्यकारी अधिकृत नियुक्त गरेको छ ।यसअघिका सीईओ सुशील बज्राचार्यले ६.५ वर्षदेखि प्रमुख कार्यकारी अधिकृतको रुपमा सेवा गरेर सेवानिवृत्त भएसँगै कम्पनीले शाहलाई सीईओमा नियुक्त गरेको हो । “कम्पनीको जिम्मेवारी पाएसँगै कम्पनीको उद्धेश्य र लक्ष्यलाई पूरा गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्छु ।” उनले भने ।कम्पनीका सञ्चालक समितिका अध्यक्ष महेन्द्र कृष्ण […]

हिमालयन जनरल इन्स्योरेन्सको रक्तदान कार्यक्रम

हिमालयन जनरल इन्स्योरेन्स कम्पनीले रक्तदान कार्यक्रमको आयोजना गरेको छ । कम्पनीले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत थापागाउँ टोल सुधार समिति र रोट्रयाक्ट क्लब अफ यलको सहभागीतामा रक्तदान कार्यक्रम गरेको हो । कार्यक्रममा २१ जनाले रत्तदान गरेका थिए ।

हिमालयन जनरल इन्स्योरेन्सको ३.७५ प्रशित लाभांश पारित

हिमालयन जनरल इन्स्योरेन्स कम्पनीको २७औ वार्षिक साधारण सभा सम्पन्न भएको छ । साधारण सभाले सञ्चालक समितिले यस अगाडि प्रस्ताव गरेको तीन प्रतिशत बोनश सेयर र कर प्रयोजनसहित ३.७५ प्रतिशत नगद लाभांश अनुमोदन गरेको छ ।त्यस्तै, सभामा सञ्चालक समितिको तर्फबाट अध्यक्षले प्रस्तुत गर्ने आर्थिक वर्ष २०७६/०७७ को वार्षिक प्रतिवेदन छलफल गरी पारित तथा लेखापरीक्षकको प्रतिवेदन सहित […]