एभरेष्ट र हिमालयन जनरल इन्स्योरेन्स कम्पनी एक आपसमा गाभिने  सम्झौता भएसँगै दोस्रो बजारमा शेयर कारोबार रोक्का

वैशाख २३,काठमाडौं । हिमालयन जनरल इन्स्योरेन्स कम्पनी र एभरेष्ट इन्स्योरेन्स कम्पनीको दोस्रो बजारमा शेयर कारोबार रोक्का भएको छ । यी दुई कम्पनी एक आपसमा गाभिने सम्झौता भएसँगै  शेयर कारोबार रोक्का भएको हो । यी दूई कम्पनीबीच बिहिवार २२ गते मर्ज सम्बन्धी सहमतिपत्रमा हस्ताक्षर भएको हो ।,सो सम्झौतापत्रमा हिमालयन जनरल इन्स्योरेन्सका अध्यक्ष महेन्द्र कृष्ण श्रेष्ठ  र एभरेष्ट इन्स्योरेन्सका अध्यक्ष राजिभ सापकोटाले हस्ताक्षर गरेका हुन । बिमा समितिले तोकिएको चुक्ता पूँजी पु¥याउनका लागि एक आपसमा गाभिन लागेका हुन । हिमालयन जनरल इन्स्योरेन्सको चुक्ता पूँजी रू. १ अर्ब १७ करोड रहेको छ भने एभरेष्ट इन्स्योरेन्सको रू. १ अर्ब २५ करोड रहेको छ । यी दुई कम्पनी एक आपसमा गाभिएपछि चुक्ता पूँजी रू. २ अर्ब ४२ करोड भन्दा बढी पुग्नेछ । बिमा समितिले निर्जीवन बीमा कम्पनीहरुको चुक्ता पूँजी रू. १ अर्बबाट बढाएर रू. २ ५० करोड पु¥याउन निर्देशन दिएसको हो ।    

सम्बन्धित सामग्री

हिमालयन जनरल इन्स्योरेन्स र एभरेष्ट इन्स्योरेन्सबीच मर्जर

काठमाडौँ – हिमालयन जनरल इन्स्योरेन्स कम्पनी र एभरेष्ट इन्स्योरेन्स कम्पनीबीच मर्जर भएर आइतबारबाट औपचारिक रुपमा एकीकृत कारोबार सुरु गरेको छ। काठमाडौंमा आइतबार एक कार्यक्रमबीच नेपाली बिमाको इतिहासमा पहिलोपटक दुई वटा बिमा कम्पनी मर्जर भएर एकीकृत कारोबार सुरु गरेका छन्। हिमालयन जनरल इन्स्योरेन्स र एभरेष्ट इन्स्योरेन्स कम्पनीबीच मर्जर प्रक्रिया पूरा गरेर बिमा समितिले मर्जर स्वीकृति दिएसँगै […]

साउन १ गतेदेखि ’हिमालयन एभरेष्ट इन्स्योरेन्स’को संयुक्त कारोबार

काठमाडौं । हिमालयन जनरल इन्स्योरेन्स कम्पनी लिमिटेड र एभरेष्ट इन्स्योरेन्स कम्पनी लिमिटेडको मर्जरपछि हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनी लिमिटेडको नाममा साउन १ गतेबाट संयुक्त कारोबार सुरु हुने भएको छ । बीमा समितिले असार ९ गते बिहीबार यी दुई कम्पनीलाई मर्जरको अन्तिम स्वीकृति प्रदान गरेको थियो । दुवै कम्पनीको असार २ गते सम्पन्न भएको विशेष साधारण सभाले […] The post साउन १ गतेदेखि ’हिमालयन एभरेष्ट इन्स्योरेन्स’को संयुक्त कारोबार appeared first on राजधानी राष्ट्रिय दैनिक.

‘हिमालयन एभरेष्ट इन्स्योरेन्स’को संयुक्त कारोबार साउन १ गतेदेखि

काठमाडौँ – हिमालयन जनरल इन्स्योरेन्स कम्पनी लिमिटेड र एभरेष्ट इन्स्योरेन्स कम्पनी लिमिटेडको मर्जरपछि हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनी लिमिटेडको नाममा साउन १ गतेबाट संयुक्त कारोबार सुरु हुने भएको छ। बीमा समितिले असार ९ गते बिहीबार यी दुई कम्पनीलाई मर्जरको अन्तिम स्वीकृति प्रदान गरेको थियो। दुवै कम्पनीको असार २ गते सम्पन्न भएको विशेष साधारण सभाले मर्जरसम्बन्धी प्रस्ताव […]

साउन १ गतेदेखि 'हिमालयन एभरेष्ट इन्स्योरेन्स'को संयुक्त कारोबार सुरु हुने

हिमालयन जनरल इन्स्योरेन्स कम्पनी लिमिटेड र एभरेष्ट इन्स्योरेन्स कम्पनी लिमिटेडको मर्जर पछि  हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनी लिमिटेडको नाममा साउन १ गतेबाट संयुक्त कारोबार सुरु हुने भएको छ । बीमा समितिले असार ९ गते बिहीबार यी दुई कम्पनीलाई मर्जरको अन्तिम स्वीकृति प्रदान गरेको थियो । दुवै कम्पनीको असार २ गते सम्पन्न भएको विशेष साधारण सभाले मर्जर सम्बन्धी प्रस्ताव पारित गरिसकेका छन् । एभरेष्ट इन्स्योरेन्सको १०० कित्ता सेयर हुनेले हिमालयन जनरल इन्स्योरेन्सको ८५ कित्ता सेयर प्राप्त गर्ने

हिमालयन जनरल र एभरेष्ट इन्स्योरेन्स एक आपसमा गाभिने प्रस्ताव पारित

६ असार, काठमाडौं । हिमालयन जनरल इन्स्योरेन्सको विशेष साधारणसभाले हिमालयन जनरल इन्स्योरेन्स कम्पनी र एभरेष्ट इन्स्योरेन्स कम्पनी एक आपसमा गाभ्ने/गाभिने प्रस्ताव पारित गरेको छ । २ असारमा भएको साधारण सभाले उक्त प्रस्ताव पारित गरेको हो । यी दुई कम्पनी गाभिएपछि बन्ने कम्पनीको नाम हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेड राख्ने र सो कम्पनीबाट निर्जीवन बीमा व्यवसाय गर्नेसम्बन्धी […]

एभरेस्ट र हिमालयन जनरल इन्स्योरेन्स कम्पनी गाभिँदै

एभरेस्ट इन्स्योरेन्स कम्पनीको विशेष साधारणसभा सम्पन्न भएको छ। सभाले एभरेस्ट इन्स्योरेन्स कम्पनी र हिमालयन जनरल इन्स्योरेन्स कम्पनीबिच आपसमा गाभ्ने/गाभिने विशेष प्रस्ताव सर्वसम्मत पारित गरेको छ।...

एभरेष्ट इन्स्योरेन्स र हिमालयन जनरल इन्स्योरेन्स आपसमा गाभिने

एभरेष्ट इन्स्योरेन्स कम्पनी र हिमालयन जनरल इन्स्योरेन्स कम्पनी एकापसमा गाभिने (मर्ज) भएका छन् । एभरेष्ट इन्स्योरेन्सको बिहीबार सम्पन्न विशेष साधारण सभाले दुई कम्पनी एक आपसमा गाभ्ने गाभिने विशेष प्रस्ताव सर्वसम्मत पारित गरेको हो । साथै सम्पत्ति दायित्व मुल्याङ्कनकर्ताको नियुक्ति तथा निजको पारिश्रमिक, सेयर आदान प्रदान अनुपात, मर्जर पछि बन्ने संस्थाको संचालक समिति तथा सेयर आदान प्रदान अनुपात लगायतका सम्पूर्ण विशेष प्रस्तावहरू पनि साधारणसभाले सर्वसम्मत पारित गरेको छ ।  सभाले मर्जर पछि

हिमालयन जनरल र एभरेष्ट इन्स्यारेन्सले गरे मर्जर सम्झौता

२२ वैशाख, काठमाडौं । हिमालयन जनरल इन्स्योरेन्स कम्पनी लिमिटेड र एभरेष्ट इन्स्योरेन्स कम्पनी लिमिटेडबीम मर्जरमा जाने सहमति भएको छ । दुई कम्पनीहरुबीच बिहीबार १ बराबर १ सेयर स्वाप रेसियो हुने गरी मर्जर सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको हो । यी दुई कम्पनीहरुको सम्झौता बीमा क्षेत्रमै पहिलो हो । यस अघि पनि बीमा कम्पनीहरु बीच मर्जरको […]

हिमालयन जनरल इन्स्योरेन्स र समता घरेलु लघुवित्तको बोनस शेयर सूचीकृत

वैशाख १९, काठमाडौं ।दुई ओटा अलग - अलग कम्पनीको बोनस शेयर  सोमवार नेपाल स्टक एक्सचेञ्ज(नेप्से) मा सूचीकृत भएको छ । हिमालयन जनरल इन्स्योरेन्स कम्पनी र समता घरेलु लघुवित्त वित्तीय संस्थाको बोनस शेयर सूचीकृत भएको हो । हिमालयन जनरल इन्स्योरेन्स कम्पनीको ७ लाख ३१ हजार ७२४ कित्ता र समता घरेलु लघुवित्तको ५ लाख ७१ हजार २४० दशमलव ३२ कित्ता बोनस शेयर सूचीकृत भएको हो । अब यो बोनस शेयर हितग्राही खातामा आएपछि लगानीकर्ताले खरीदविक्री गर्न सक्नेछन् । हिमालयन जनरल इन्स्योरेन्स कम्पनीले फागुन ३० गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित ६ दशमलव ६५ प्रतिशत बोनस शेयर सूचीकृत गराएको हो । त्यसैगरी समता घरेलु लघुवित्तले पुस ७ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित २० प्रतिशत बोनस शेयर सूचीकृत गराएको हो ।