हिमालयन जनरल इन्स्योरेन्सको रक्तदान कार्यक्रम

हिमालयन जनरल इन्स्योरेन्स कम्पनीले रक्तदान कार्यक्रमको आयोजना गरेको छ । कम्पनीले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत थापागाउँ टोल सुधार समिति र रोट्रयाक्ट क्लब अफ यलको सहभागीतामा रक्तदान कार्यक्रम गरेको हो । कार्यक्रममा २१ जनाले रत्तदान गरेका थिए ।

सम्बन्धित सामग्री

हिमालयन जनरल इन्स्योरेन्सको बीमा क्षति मूल्यांकन प्रशिक्षण

काठमाडौ (अस) । हिमालयन जनरल इन्स्योरेन्सले बनेपामा काभ्रे र सिन्धुपलाञ्चोकका प्राविधिकलाई लक्षित गरी कृषि तथा पशुपक्षी बीमा क्षति मूल्यांकनकर्ता प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ । तीनदिने प्रशिक्षण कार्यक्रममा काभ्रे र सिन्धुपलाञ्चोक तथा अन्य जिल्लाका २३ प्रशिक्षार्थीको सहभागिता थियो । कृषि विभागका वरिष्ठ कृषि प्राविधिक अधिकृत शिवसुन्दर घिमिर (बाली बीमा फोकल पर्सन) र कृषि विभागका कृषि अर्थविज्ञ लोकराज सुवेदी, बीमा समितिका सहायक निर्देशक प्रीति देव र कम्पनीका कर्मचारीले प्रशिक्षण दिएका थिए । प्रशिक्षण कार्यक्रम समापन अवसरमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुशील वज्राचार्यले बीमामा क्षति मूल्यांकनकर्ताको भूमिका गहन हुने हुँदा बीमाको सर्त–सुविधा तथा सिद्धान्त अधीनमा रही बीमितको हितलाई सर्वोपरी राख्नुपर्नेमा जोड दिए । कम्पनीले काभ्रे, सिन्धुपलाञ्चोकका साथै ललितपुर र बारामा कृषि तथा पशुपक्षी बीमा सेवा प्रदान गर्ने जिम्मेवारी बीमा समितिबाट पाएको छ । मंसिरभित्रै ललितपुर र बारामा पनि कृषि तथा पशुपक्षी बीमा क्षति मूल्यांकनकर्ता प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने कम्पनीको लक्ष्य छ । प्रशिक्षणपछि कृषि तथा पशुपक्षी बीमाअन्तर्गत दाबीका सन्दर्भमा क्षति मूल्यांकन गर्न सहज हुनुका साथै यसबाट बीमितलाई छिटोछरिटो दाबी भुक्तानी सेवा उपलब्ध हुने विश्वास कम्पनीले लिएको छ । कम्पनीले गत आर्थिक वर्षमा करिब १० हजार २ सय कृषि तथा पशुपक्षी बीमालेख जारी गरी ९ करोड ६४ लाख बीमाशुल्क संकलन गरेको थियो । ६ सय ३४ वटा दाबीबापत ३ करोडभन्दा बढी दाबी भुक्तानी गरेको थिए । हिमालयन जनरल इन्स्योरेन्सको रक्तदान हिमालयन जनरल इन्स्योरेन्स कम्पनीले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत थापागाउँस्थित कार्यालय परिसरमा रक्तदान कार्यक्रम सञ्चालन गरेको छ । कार्यक्रम थापागाउँ टोल सुधार समिति र  रोट्रयाक्ट क्लब अफ यलको सहभागितामा ललितपुर रक्त सञ्चार केन्द्रको प्राविधिक सहयोगमा सञ्चालन गरिएको थियो । कार्यक्रममा कम्पनीका कर्मचारी, बीमितलगायत गरी २१ जना सहभागी थिए । हरेक वर्ष रक्तदान कार्यक्रम सञ्चालन गरिँदै आएको कम्पनीले बताएको छ ।