हिमालयन जनरल इन्स्योरेन्सको सीईओमा शाह

हिमालयन जनरल इन्स्योरेन्स कम्पनीले विजयबहादुर शाहलाई प्रमुख कार्यकारी अधिकृत नियुक्त गरेको छ ।यसअघिका सीईओ सुशील बज्राचार्यले ६.५ वर्षदेखि प्रमुख कार्यकारी अधिकृतको रुपमा सेवा गरेर सेवानिवृत्त भएसँगै कम्पनीले शाहलाई सीईओमा नियुक्त गरेको हो । “कम्पनीको जिम्मेवारी पाएसँगै कम्पनीको उद्धेश्य र लक्ष्यलाई पूरा गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्छु ।” उनले भने ।कम्पनीका सञ्चालक समितिका अध्यक्ष महेन्द्र कृष्ण […]

सम्बन्धित सामग्री

नेप्सेले तोक्यो हिमालयन एभरेष्ट इन्स्योरेन्सको संस्थापक सेयरको ओपनिङ रेन्ज

नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले हिमालयन एभरेष्ट इन्स्योरेन्सको संस्थापक सेयरको ओपनिङ रेन्ज तोकिएको छ । नेप्सेले साविकको हिमालयन जनरल इन्स्योरेन्स र एभरेष्ट इन्स्योरेन्स मर्जर पश्चात कायम हुन आएको संस्थापक सेयरको ओपनिङ रेन्ज तोकिएको हो ।नेप्सेले कम्पनीको संस्थापक सेयरको पहिलो कारोबारको लागि प्रतिकित्ता न्युनतम २१० रुपैयाँ तोकिएको हो । सोही अनुसार कम्पनीको संस्थापक सेयर दोस्रो बजारमा कारोबार हुनेछ ।

हिमालयन जनरल र एभरेष्ट इन्स्योरेन्स एक आपसमा गाभिने प्रस्ताव पारित

६ असार, काठमाडौं । हिमालयन जनरल इन्स्योरेन्सको विशेष साधारणसभाले हिमालयन जनरल इन्स्योरेन्स कम्पनी र एभरेष्ट इन्स्योरेन्स कम्पनी एक आपसमा गाभ्ने/गाभिने प्रस्ताव पारित गरेको छ । २ असारमा भएको साधारण सभाले उक्त प्रस्ताव पारित गरेको हो । यी दुई कम्पनी गाभिएपछि बन्ने कम्पनीको नाम हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेड राख्ने र सो कम्पनीबाट निर्जीवन बीमा व्यवसाय गर्नेसम्बन्धी […]

एभरेष्ट इन्स्योरेन्स र हिमालयन जनरल इन्स्योरेन्स आपसमा गाभिने

एभरेष्ट इन्स्योरेन्स कम्पनी र हिमालयन जनरल इन्स्योरेन्स कम्पनी एकापसमा गाभिने (मर्ज) भएका छन् । एभरेष्ट इन्स्योरेन्सको बिहीबार सम्पन्न विशेष साधारण सभाले दुई कम्पनी एक आपसमा गाभ्ने गाभिने विशेष प्रस्ताव सर्वसम्मत पारित गरेको हो । साथै सम्पत्ति दायित्व मुल्याङ्कनकर्ताको नियुक्ति तथा निजको पारिश्रमिक, सेयर आदान प्रदान अनुपात, मर्जर पछि बन्ने संस्थाको संचालक समिति तथा सेयर आदान प्रदान अनुपात लगायतका सम्पूर्ण विशेष प्रस्तावहरू पनि साधारणसभाले सर्वसम्मत पारित गरेको छ ।  सभाले मर्जर पछि

हिमालयन जनरल र एभरेष्ट इन्स्योरेन्सको मर्जरको लागि ८५ रुपैयाँको स्वाप तय

हिमालयन जनरल इन्स्योरेन्स र एभरेष्ट इन्स्योरेन्सले विशेष साधारणसभा आह्वान गरेका छन् । दुवै कम्पनीले असार २ गते बिहिबार विशेष साधारणसभा आह्वान गरेका हुन् ।हिमालयनको साधारणसभा एयरपोर्ट स्थित एयरपोर्ट होटेलमा हुने छ भने एभरेष्टको साधारणसभा कमलपोखरी स्थित अग्रवाल भवनमा हुने छ । मर्जर प्रस्ताव पारित गर्न दुवै कम्पनीले विशेष साधारणसभा आह्वान गरेका हुन् । दुवै कम्पनीले बैशाख २३ गते एक आपसमा मर्जमा जाने सम्झौतामा हस्ताक्षर गरेका थिए ।  दुवै कम्पनीले एक आपसमा मर्जमा जाने सम्झौता गरेपछि दुवै कम्पनीको शेयर कारोबार रोक्का छ। शेयर कारोबार रोक्का हुनु अगाडीसम्म कायम शेयरधनीले साधारणसभामा  भाग लिन सक्ने छन् । बीमा समितिले चुक्ता पुँजी वृद्धिको योजना ल्याएपछि २ कम्पनीले मर्जमा जाने सम्झौता गरेका हुन् ।  मर्जर प्रयोजनको लागि १००:८५ रुपैयाँको स्वाप तय भएको छ ।  हिमालयन जनरल इन्स्योरेन्स कम्पनी लि. तथा एभरेष्ट इन्स्योरेन्स कम्पनी लि. एक आपसमा गाभ्ने गाभिने प्रयोजनको लागि मूल्याङ्कनकर्ता जे. बि. राजभण्डारी एण्ड डिबिनस् (J. B. Rajbhadary & DiBins), चार्टड एकाउन्टेण्टस्द्वारा तयार गरिएको हिमालयन जनरल इन्स्योरेन्स कम्पनी लि. तथा एभरेष्ट इन्स्योरेन्स कम्पनी लि.को चल/अचल सम्पत्ति तथा दायित्व मूल्याङ्कन प्रतिवेदन (Due Diligence Report (DDR) तथा अन्य सम्बद्ध व्यवस्था समेतका आधारमा स्वाप निर्धारण गरिएको कम्पनीले जनाएको छ । जस अनुसार एभरेष्ट इन्सोरेन्स कम्पनी लि. को १०० कित्ता शेयर वरावर हिमालयन जनरल इन्स्योरेन्स कम्पनी लि. को ८५ कित्ता (१:०.८५) शेयर प्रदान गर्ने गरि गाभ्ने गाभिने (मर्ज) कार्यलाई अन्तिम स्वीकृति प्रदान गर्ने विशेष प्रस्ताव सभामा पेश हुने छ ।हिमालयन जनरल इन्स्योरेन्स कम्पनी लि. तथा एभरेष्ट इन्स्योरेन्स कम्पनी लि. एक आपसमा गाभिए पश्चात् बन्ने निर्जिवन बीमा व्यवसाय गर्ने कम्पनीको नाम नेपालीमा “हिमालयन एभरेस्ट ईन्स्योरेन्स लिमिटेड” तथा अंग्रेजीमा 'Himalayan Everest Insurance Limited' कायम हुने छ । मर्जरपछि बन्ने कम्पनीको केन्द्रीय कार्यालय बबरमहलमा रहने छ । त्यस्तै मर्जरपछि नयाँ संचालक समिति चयन हुने छ भने हाल रहेका सबै संचालकको कार्यकाल सकिएको मानिने छ ।

हिमालयन जनरल इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृतमा शाह नियुक्त

काठमाडौँ- नेपालकै सबैभन्दा पुरानो र स्थापित निर्जीवन बीमा कम्पनी हिमालयन जनरल इन्स्योरेन्स कम्पनीले विजयबहादुर शाहलाई आफ्नो नयाँ प्रमुख कार्यकारी अधिकृतका रुपमा नियुक्त गरेको छ। उनले २०७८ फागुन १ गतेदेखि कार्यभार सम्हालेका हुन्। शाहले नियुक्तिपछि भने, ‘हिमालयन जनरल इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृत जस्तो गरिमामय पदको जिम्मेवारी सम्हाल्न पाउँदा एकदमै हर्षित र गौरवान्वित भएको छु । वास्तवमा […]

हिमालयन जनरल इन्स्योरेन्सको सीईओमा शाह नियुक्त

हिमालयन जनरल इन्स्योरेन्स कम्पनीको सीईओमा विजयबहादुर शाह नियुक्त भएका छन् । कम्पनीको हालै सम्पन्न बोर्ड बैठकले शाहलाई प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा नियुक्त गर्ने निर्णय गरेको हो । नवनियुक्त सीईओ शाहले फागुन १ गतेदेखि नै जिम्मेवारी सम्हालेका छन् । यसअघिका सीईओ सुशील बज्राचार्यले आफ्नो ६ वर्ष ५ महिनाको सिइओको जिम्मेवारी पूरा गरेर बाहिरिएसँगै सो स्थानमा शाहलाई नियुक्त गरिएको हो । शाह चार वर्षदेखि कम्पनीको नेतृत्वदायी भूमिकामा रहँदै आएका छन् ।पदभार ग्रहण गर्दै सीईओ शाहले आफ्नो कार्यकालमा कम

हिमालयन जनरल इन्स्योरेन्सको रक्तदान कार्यक्रम

हिमालयन जनरल इन्स्योरेन्स कम्पनीले रक्तदान कार्यक्रमको आयोजना गरेको छ । कम्पनीले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत थापागाउँ टोल सुधार समिति र रोट्रयाक्ट क्लब अफ यलको सहभागीतामा रक्तदान कार्यक्रम गरेको हो । कार्यक्रममा २१ जनाले रत्तदान गरेका थिए ।

हिमालयन जनरल इन्स्योरेन्सको ३.७५ प्रशित लाभांश पारित

हिमालयन जनरल इन्स्योरेन्स कम्पनीको २७औ वार्षिक साधारण सभा सम्पन्न भएको छ । साधारण सभाले सञ्चालक समितिले यस अगाडि प्रस्ताव गरेको तीन प्रतिशत बोनश सेयर र कर प्रयोजनसहित ३.७५ प्रतिशत नगद लाभांश अनुमोदन गरेको छ ।त्यस्तै, सभामा सञ्चालक समितिको तर्फबाट अध्यक्षले प्रस्तुत गर्ने आर्थिक वर्ष २०७६/०७७ को वार्षिक प्रतिवेदन छलफल गरी पारित तथा लेखापरीक्षकको प्रतिवेदन सहित […]