काठमाडौं : चितवनमा सम्पन्न दशौँ महाधिवेशनपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेता भीम रावलबीच पानी बाराबारको अवस्था सिर्जना भयो। २०७८ मंसिरमा सौराहमा जारी महाधिवेशनमा रावलले अध्यक्षमा उम्मेदवारी दिएपछि ओलीले रावललाई किनारामा पार्दै गए। ओली चाहन्थे– पार्टी नेतृत्वमा आफू सर्वसम्मत हुन सकूँ। रावलले चुनौती दिए पनि अोलीले रावललाई भूमिका विहीन राख्न चाहेनन्। अध्यक्षमा पराजित भएपछि पार्टीमा जिम्मेवारी विहीन भएका रावललाई केन्द्रीय सल्लाहकार परिषद्मा ल्याउने ओलीको चाहना थियो।