काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अन्तरपार्टी निर्देशन (अपानि १३) जारी गरेका छन्। आसन्न ०७८ मङ्सिर १०-१२ मा चितवनमा आयोजना हुने पार्टीको दशौं राष्ट्रिय महाधिवेशनको तयारीका सम्बन्धमा केन्द्रित रहेर अन्तरपार्टी निर्देशन जारी गरेको हुन्।पार्टी पङ्क्तिमा एकता, ऊर्जा र उत्साह भर्न सफल भएको विधान महाधिवेशनले अध्यक्षका तर्फबाट प्रस्तुत राजनीतिक प्रतिवेदन, महासचिवका तर्फबाट प्रस्तुत सङ्गठनात्मक प्रस्ताव तथा सङ्गठन विभाग प्रमुखबाट प्रस्तुत विधान संशोधन प्रस्तावलाई सर्वसम्मतिका साथ पा