काठमाडौं : नेपाली कांग्रेसका शिर्ष नेताहरुबीच तीन दिनभित्र क्रियाशील सदस्यता सम्बन्धी विवाद टुंगो लगाउने सहमति भएको छ। नेपाली कांग्रेसका शिर्ष नेताहरु सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडल र नेता कृष्णप्रसाद सिटौंलाबीच बुधवार भएको छलफलमा क्रियाशील सदस्यताका सम्बन्धमा पार्टीमा देखिएको विवाद तीन दिनभित्र समाधान गर्ने गरी छलफललाई निरन्तरता दिने सहमति…