नेपाली काँग्रेसकी नेतृ तथा प्रतिनिधिसभा सदस्य डा.डिला संग्रौलाले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध महाभियोग लगाउने वा राजीनामा माग्नेबारे पार्टीमा छलफल नभएको स्पष्ट पारेकी छन् । शुक्रबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा उनले आफ्नो पार्टीले प्रधानन्यायाधीश जबराको राजीनामा नमागेको बताइन् ।उनले भनिन्, ‘लोकतन्त्रको मूलभूत मान्यता भनेको स्वतन्त्र न्यायपालिका पनि हो । सर्वोच्च अदालतमा छलफल चलेका विषयमा काँग्रेसले कहिल्यै हस्तक्षेप गर्दैन । यो विषयमा गठबन्धन दलभित्र छिन