काठमाण्डौ – साउदीमा ८ वर्षदेखि अचेत अवस्थामा उपचाररत रुपन्देहीको ओमसतिया गाउँपालिका २ की बाटुली सुनारलाई दूतावासको सहयोग र समन्वयमा नेपाल ल्याइएको छ ।
आफूले काम गर्ने घरको माथिल्लो तलाको भर्याङबाट तल खस्दा गम्भीर घाइते हुनुभएकी बाटुलीलाई अस्पतालले परिवारको साथमा राखेर उपचार गर्दा छिटो निको हुन सक्ने भन्दै स्वदेश लैजान भनेपछि दूतावासले परिवार र साउदीको विभिन्न निकायसँग समन्वय गरी नेपाल पठाएको जनाएको छ ।
रोजगारीका लागि सन् २०१४ मा साउदी पुग्नुभएकी बाटुली त्यहाँ पुगेको ६ महिनामा नै दुर्घटनामा प...