काठमाडौँ- ३९ वर्षदेखि कोमामा रहेका पूर्वफ्रेन्च खेलाडी जिन पियर एडम्सको सोमबार ७३ वर्षको उमेरमा निधन भएको छ । एडम्स मार्च, १९८२ देखि अचेत अवस्थामा थिए । त्यसबखत उनलाई घुँडाको शल्यक्रियाका लागि अस्पताल भर्ना गरिएको थियो । शल्यक्रियाका लागि बेहोस बनाइएका एडम्स त्यसपछि कहिले पनि होसमा फर्केनन् ।
बेहोस बनाउने क्रममा ला…