सुडानको संक्रमणकालीन सार्वभौम परिषद्का अध्यक्ष तथा सुडानी सशस्त्र बल (एसएएफ) का जनरल कमाण्डर अब्देल फताह अल–बुर्हानले सुडानी जनताको चाहना पूरा गर्न नसकिने कुनै पनि शान्ति वार्ता स्वीकार्य नहुने बताएका छन्। गेजिरा राज्यको राजधानी वड मदानीमा सैनिक भेलालाई सम्बोधन गर्दै अल–बुरहानलेसुडानी सेनाले अर्धसैनिक र्यापिड सपोर्ट फोर्स (आरएसएफ) लाई हराउन युद्ध जारी राख्ने प्रतिवद्धता गरे।उनले अन्तर्राष्ट्रिय समुदायसँग सहयोग गर्न सुडानको इच्छुकतामा जोड दिँदै सुडानका लागि संयुक्त राष्ट्रका महास