मनिला- फिलिपिन्स सरकार र कम्युनिस्ट विद्रोहीहरू शान्ति वार्ता गर्न सहमत भएका छन् । सरकार र विद्रोहीहरु दशकौँ पुरानो द्वन्द्व अन्त्यका लागि शान्ति वार्ता पुनः सुरु गर्न सहमत भएका हुन् । “सशस्त्र द्वन्द्वको सैद्धान्तिक तथा शान्तिपूर्ण समाधानका लागि दुवै पक्ष सहमत भएका छन्”, नोभेम्बर २३ मा नर्वेको राजधानी ओस्लोमा हस्ताक्षरित दुवै पक्षद्वारा संयुक्त विज्ञप्तिमा भनिएको छ, […]