झापा : पूर्वी नाकाबाट भन्सार छलेर नेपाल भित्र्याइएको करिब १० लाख मूल्य बराबरको लत्ताकपडा प्रहरीले बरामद गरेको छ।जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएका प्रहरी टोलीले विशेष सूचनाको आधारमा मेचीनगर नगरपालिका–१ स्थित बौद्धमोड नजिकैबाट ९ लाख ७० हजार मूल्य बराबरको लत्ताकपडा बरामद गरेको प्रहरी कार्यालय झापाका डिएसपी वसन्त पाठकले जानकारी दिए। मेचीनगरको तिरिङ र भृकुटी आसपासको सीमा नाकाबाट भन्सार छलेर नेपाल भित्र्याइएको ७ पोका कपडा भ्यानचालकले भृकुटीबाट लोड गरेर इँटाभट्टाको बाटो हुँदै बिर्तामोडतर