पुष्कर भट्ट, महेन्द्रनगर ।
कञ्चनपुरको वेदकोट नगरपालिका–८ बैजनाथ टोलमा राष्ट्रिय जनमोर्चाको भेला सम्पन्न भएको छ । बुधबार वेदकोट नगरपालिकाको चार नम्बर टोल भेला सम्पन्न भएको हो ।
राजमो वेदकोट नगरपालिका–८ का वडा सचिव भुपेन्द्र भण्डारीको अध्यक्षता र अखिल (छैठौं)का महासचिव महेशराज जोशीको विशेष उपस्थितिमा भेला सम्पन्न भएको हो ।
भेलाले मनि लुहारको संयोजकत्वमा १९ सदस्यीय टोल समिति गठन गरेको छ । समितिको सहसंयोजकमा हरिना लुहार, सचिव टेकेन्द्र नाथ, सहसचिव मोहन दमाई र कोषाध्यक्षमा पार्वती विष्ट रहनु भएको छ ।
कार्यक्रममा राजमो वडा अध्यक्ष पदम साउद, अखिल नेपाल युवक संघका प्रदेश सदस्य भुपेन्द्र भण्डारी, राजमो नेता मानबहादुर टेर, नरेन्द्र साउद, रामसिंह कार्की, विद्यार्थी नेता प्रकास जोशीलगायत नेता कार्यकर्ताको उपस्थिति रहेको थियो ।
अखिल (छैठौं) का जिल्ला सचिव पुष्कर भट्टको सञ्चालनबाट अघि बढेको कार्यक्रममा (छैठौं) का महासचिव महेशराज जोशीले कार्यक्रमबारे प्रकाश पार्नुभएको थियो ।