चुनावमा गरिएका प्रतिवद्धतासँगै जनअपेक्षा बढेको छ : वेदकोट नगरपालिका प्रमुख चन्द

पर्यटकीय नगरीका रूपमा परिचित कञ्चनपुरको वेदकोट नगरपालिका सुडा गाविस र दैजी गाविस मिलाएर बनाइएको हो। यस नगरपालिकामा १० वटा वडा रहेका छन्। नगरपालिकाको पूर्व र दक्षिणतर्फ शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज, पश्चिमतर्फ भीमदत्त नगरपालिका र उत्तरतर्फ चुरे पर्वत श्रृंखला पर्दछन्।  यो नगरपालिका १५९.९२ वर्ग किलो...

सम्बन्धित सामग्री

दैजी–छेला औद्योगिक क्षेत्रलाई चाँडै भोगाधिकार : उद्योगमन्त्री

महेन्द्रनगर । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले दैजी–छेला औद्योगिक क्षेत्रलाई चाँडै भोगाधिकार प्रदान गरिने बताएका छन् । शुक्रवार कञ्चनपुरको वेदकोट नगरपालिका–२ स्थित उक्त औद्योगिक क्षेत्रको निरीक्षणपछि मन्त्री भण्डारीले यस्तो बताएका हुन् । औद्योगिक क्षेत्रको निरीक्षणपछि वेदकोट नगर उद्योग वाणिज्य संघले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा मन्त्री भण्डारीले दैजी–छेला औद्योगिक क्षेत्र सञ्चालनलाई सरकारले उच्च प्राथमिकतामा राखेको बताए । ढिलोमा दुई साताभित्र भोगाधिकार कायम हुनेगरी काम भइरहेको जानकारी उनले दिए । ‘मैले मन्त्रालय सम्हालेको एक महीनामै औद्योगिक क्षेत्र कार्यान्वयनको चरणमा प्रवेश गरेको छ,’ मन्त्री भण्डारीले भने, ‘यसबारे कार्यदलले एक हप्ताभित्र प्रतिवेदन पेश गर्नेछ । त्यो प्रतिवेदन मन्त्रिपरिषद्मा पेश गरी भोगाधिकार हस्तान्तरणको निर्णय गराउँछु ।’ दैजी–छेलासहित अन्य औद्योगिक क्षेत्रको काम पनि तत्काल अघि बढाइने उनको भनाइ छ । मन्त्री भण्डारीले भोगाधिकार पाएपछि बाँकी प्रक्रिया अघि बढ्ने बताए । त्यसका लागि ५ अर्ब रुपैयाँ बजेट माग गरिएको उनले जानकारी दिए । ‘नीतिगत सुधार गरी लगानीमैत्री वातावरण निर्माण गर्न मन्त्रालयले धमाधम काम गरिरहेको छ,’ उनले भने ‘अब संसद्बाट विधेयक पास गराएर उद्योगमैत्री वातावरण बनाउँछु ।’ साथै गेटा मेडिकल कलेजलाई सरकारले ‘शहीद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय’ नामकरण गरी देशकै पहिलो स्वास्थ्य विज्ञान विश्वविद्यालय घोषणा गरेको, दोधाराचाँदनीमा सुक्खा बन्दरगाहको काम अगाडि बढेको र महाकाली कोरिडोरको काम पनि भइरहेको उनले बताए । यी योजना पूरा भएमा सुदूरपश्चिमका जनताले कामका लागि भारत जानुपर्ने बाध्यताको अन्त्य हुने दाबी उनले गरे । २०५२ सालदेखि दैजीमा ओद्योगिक क्षेत्र स्थापनाका लागि पहल थालिए पनि भौतिक संरचनाको निर्माण अझै अघि बढेको छैन । कार्यक्रममा नेपालगञ्ज औद्योगिक क्षेत्रका सहायक निर्देशक कृष्ण पुनले अहिले रूख छपानको कार्य अन्तिम चरणमा रहेको बताए । सोमवार दैजीमा औद्योगिक क्षेत्रको कार्यालय स्थापना गरिने जानकारी उनले दिए । कार्यालय स्थापना भएपछि औद्योगिक क्षेत्रको कामले गति लिने विश्वास गरिएको छ ।

कञ्चनपुरको वेदकोट-८ मा राष्ट्रिय जनमोर्चाको संगठन विस्तार

पुष्कर भट्ट, महेन्द्रनगर । राष्ट्रिय जनमोर्चा वेदकोट नगरपालिका–८ को ५ नम्बर टोल भेला सम्पन्न भएको छ । आइतबार भएको भेलाले टोल समिति गठन गरेको छ । भेलाले दलबहादुर खडायतको संयोजकत्वमा गठित समितिको सहसंयोजकमा महेश डगौरा, सचिव राजेश डगौरा र कोषाध्यक्षमा नारायण डगौरा रहनु भएको छ। समितिको सदस्यहरुमा भरत डगौरा, जगदीश डगौरा, सुरज डगौरा, समिर डगौरा, संजिव डगौरा, लक्ष्मी डगौरा, मनिषा डगौरा, संगिता डगौरा, तुलसी डगौरा, विरबाहादुर सार्की, जनक धामी र दुइ सदस्य रिक्त गरि १७ सदस्यीय समिति गठन गरेको हो । राजमो नेता दलबहादुर खडायतको अध्यक्षतामा भएको कार्यक्रममा विशेष अतिथी अखिल (छैठौं)का महासचिव महेशराज जोशीले समसामयिक विषयमा प्रशिक्षण दिनुभएको थियो । त्यस्तै राजमो नगर समिति सदस्य दुर्गा नाथ, अखिल (छैठौं) जिल्ला सचिव पुष्कर भट्ट, अखिल नेपाल युवक संघ प्रदेश सदस्य भुपेन्द्र भण्डारी, ‌राजमो नेता मानबहादुर टेर, युवा नेता अशोक बोहरा लगायत नेता कार्यकर्ताको उपस्थिति रहेको थियो । युवक संघका नेता भुपेन्द्र भण्डारीको सञ्चालनबाट अघि बढेको कार्यक्रममा राजमो नेता मानबहादुर टेरले स्वागत गर्नुभएको थियो ।

वेदकोट–८ मा राजमोको टोल समिति गठन

पुष्कर भट्ट, महेन्द्रनगर । कञ्चनपुरको वेदकोट नगरपालिका–८ बैजनाथ टोलमा राष्ट्रिय जनमोर्चाको भेला सम्पन्न भएको छ । बुधबार वेदकोट नगरपालिकाको चार नम्बर टोल भेला सम्पन्न भएको हो । राजमो वेदकोट नगरपालिका–८ का वडा सचिव भुपेन्द्र भण्डारीको अध्यक्षता र अखिल (छैठौं)का महासचिव महेशराज जोशीको विशेष उपस्थितिमा भेला सम्पन्न भएको हो । भेलाले मनि लुहारको संयोजकत्वमा १९ सदस्यीय टोल समिति गठन गरेको छ । समितिको सहसंयोजकमा हरिना लुहार, सचिव टेकेन्द्र नाथ, सहसचिव मोहन दमाई र कोषाध्यक्षमा पार्वती विष्ट रहनु भएको छ । कार्यक्रममा राजमो वडा अध्यक्ष पदम साउद, अखिल नेपाल युवक संघका प्रदेश सदस्य भुपेन्द्र भण्डारी, ‌राजमो नेता मानबहादुर टेर, नरेन्द्र साउद, रामसिंह कार्की, विद्यार्थी नेता प्रकास जोशीलगायत नेता कार्यकर्ताको उपस्थिति रहेको थियो । अखिल (छैठौं) का जिल्ला सचिव पुष्कर भट्टको सञ्चालनबाट अघि बढेको कार्यक्रममा (छैठौं) का महासचिव महेशराज जोशीले कार्यक्रमबारे प्रकाश पार्नुभएको थियो ।