भीमदत्तको जैविक मार्ग कालोपत्रको तयारी

महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालिकाले निर्माण गरेको जैविक धार्मीक पर्यटन मार्ग केन्द्रीय योजनामा परेको छ । नगरपालिकाले उत्तरी क्षेत्रको विकासका लागि निर्माण गरेको धार्मिक पर्यटन मार्ग कालोपत्रका लागि संघीय सरकारले बजेट विनियोजन गरेको हो । निर्वाचन क्षेत्र रणनीतिक सडक कार्यक्रम अन्तर्गत जैविक मार्ग कालोपत्र गर्ने योजना अघि बढाइएको छ । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले गत चैतमा एकै दिन १६५ ओटा सडकको शिलान्यास गरेका थिए, जसमा कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर ३ मा जैविक मार्ग छनोटमा परेको हो । यसका लागि २५ करोड रुपैयाँ बजेट विनियोजन भएको छ । सडक डिभिजन कार्यालय कञ्चनपुरका सूचना अधिकारी लक्ष्मणदत्त जोशीले निर्वाचन क्षेत्र रणनीतिक सडक अन्तर्गत जैविक मार्ग कालोपत्रको तयारी भइरहेको बताए । उनका अनुसार ९ किलोमिटर सडक कालोपत्र गर्न लागत इस्टिमेट तयार भइसकेको छ । ‘भीमदत्त नगरपालिकाको चक्रपथ अन्तर्गतको सडक खण्ड धार्मिक पर्यटन मार्ग कालोपत्रका लागि योजना छनोट भएको छ,’ सूचना अधिकारी जोशीले भने, ‘डीबीएसटी प्रविधिबाट कालोपत्र हुन्छ, त्यसका लागि आवश्यक पूर्वाधार र संरचना लागि प्राविधिक अध्ययन गरी इस्टिमेट तयार भइसकेको छ ।’ एक महीनाभित्रै विभागबाट योजना स्वीकृत भइसक्ने र भदौ पहिलो हप्तासम्ममा सडक कालोपत्रका लागि ठेक्का आह्वान गरिने उनको भनाइ छ । निर्वाचन क्षेत्र रणनीतिक सडकको निर्माण आर्थिक वर्ष २०८०/८१ सालभित्र सक्ने लक्ष्य लिएको छ । भीमदत्त नगरपालिकाले नगर चक्रपथका लागि ७२ किलोमिटर लामो पर्यटन मार्गको योजना अघि बढाएको छ । धार्मिक पर्यटन मार्गलाई चुरेको फेद हुँदैैै वेदकोट–गोदावरी र कर्णालीसम्म पुर्‍याउने लक्ष्य लिइएको छ । सुदूरपश्चिम प्रदेश सरकारले जैविक मार्गलाई काली, कर्णाली र गोदावरी नामकरण गरी प्राथमिकताका साथ काम अघि बढाएको छ । अहिले उक्त मार्गको काम वेदकोट नगरपालिका क्षेत्रमा विस्तार भइरहेको छ । नगरपालिकाको वडा नं १ बाराकुण्डादेखि ब्रह्मदेवसम्म निर्माण गरिएको जैविक मार्ग स्तरोन्नतिको काम समेत गरिसकेको छ । सो कार्यका लागि मार्गमा ग्राभेल गर्ने, माटो भर्ने, पाइप कल्भर्ट राख्ने र रोलिङ गर्ने कार्य सम्पन्न भएको छ । चुरे फेदमा निर्माण गरिएको यो मार्गले नगरपालिकाका १, ३, ७, ८, ९ र १० नम्बर वडा तथा उत्तरी क्षेत्रका सबै धार्मिक तथा पर्यटकीय क्षेत्रलाई एक आपसमा जोडेको छ भने सडक पूर्वाधारबाट वर्षौंदेखि वञ्चित स्थानीयलाई यातायातमा सहज भएको छ ।  

सम्बन्धित सामग्री

जनप्रतिनिधी भन्छन्: जैविक मार्ग वन्यजन्तुको बासस्थान बनेपछि मानविय क्षति बढ्यो

अन्तर्राष्ट्रिय खाता जैविक मार्ग वन्यजन्तुको वासस्थान बन्दा समस्या भइरहेको सरोकारवालाले बताएका छन्।

जैविक मार्गको अवरोधले मानव–जीवजन्तुबीचको द्वन्द्व बढ्दै

कञ्चनपुर – लालझाडी–मोहना संरक्षित वन क्षेत्र हात्तीलगायतका वन्यजन्तुको पुरानो जैविक मार्ग (करिडोर) का रुपमा रहेको छ। संरक्षित वन क्षेत्र हात्ती, बाघ, चितुवा, चित्तललगायतका वन्यजन्तुको ओहोरदोहोर गर्ने मार्गका रुपमा परिचित रहेको छ। भारतीय दूधुवा नेशनल पार्क हुँदै वन्यजन्तु संरक्षित वन र शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज क्षेत्रमा पुग्ने गर्दछन्। निकुञ्ज, संरक्षित वन क्षेत्र र दूधुवा नेशनल पार्क जोड्ने […]

जैविक मार्गमा प्लाष्टिक नै प्लाष्टिक

पुर्व पश्चिम राजमार्गको टिकौली जंगल चितवन राष्ट्रिय निकुञ्ज बरण्डाभार क्षेत्रमा पर्दछ। यस क्षेत्र जैविक मार्ग समेत हो। तर, यस राजमार्ग वन्यजन्तुहरुका लागि निकै जोखिमपूर्ण बन्दै गएको छ। जथाभावि फालिने फोहोर र तिब्र गतिमा गुड्ने सवारी साधनका कारण उनीहरुलाई ...

वन अतिक्रमणले कम्दी जैविक मार्ग सङ्कटमा पर्दै

काठमाडौं,१३ जेठ ।   वन क्षेत्रमा बढ्दै गएको अतिक्रमणले बाँकेस्थित कम्दी जैविक मार्ग सङ्कटमा पर्दै गएको छ । नेपाल–भारत सीमावर्ती निकुञ्जमा वन्यजन्तु आउजाउ गर्ने कम्दी जैविक मार्ग मानव बस्ती विस्तार, वन फँडानी र अतिक्रमणका कारण ठाउँ–ठाउँमा मार्ग टुक्रिँदै गएको छ । मुलुकका प्रमुख सात जैविक मार्गभित्र पर्ने कम्दी जैविक मार्गलाई वन्यजन्तु आउजाउका लागि निकै सहज मानिन्छ […]

जैविक मार्ग नयाँ गन्तव्य

बर्दिया राष्ट्रिय निकुञ्जपछि पर्यटकका लागि दोस्रो रोजाइ खाता जैविक मार्ग बन्दै आएको छ । यातायातका दृष्टिले सुविधा सम्पन्न यो क्षेत्र जैविक विविधताले भरिपूर्ण रहेको र वन्यजन्तु ओहोरदोहोर गर्ने अन्तर्राष्ट्रिय मार्ग पनि भएकाले पर्यटकको नयाँ गन्तव्य बन्दै गएको हो ।

अन्तराष्ट्रिय जैविक मार्ग लागि धमाधम वृक्षारोपण

चरिचरनको रुपमा सदियौँदेखि खर्क राखिने यो ठाउँमा यो साल ५५ हजार ९ सय विरुवा रोप्नका लागि काम धमाधम भइरहेको छ। विगतका वर्षहरुमा २३ हजार विरुवा रोपिएको जानकारी दिइएको छ।...

जैविक मार्ग अतिक्रमण गरी हजार घर

कैलारी गाउँपालिका–७ मा पर्ने बेलापरसुवामा जग्गु चौधरीको तीन बिघा जग्गा छ । तर, उनी बेलापरसुवाभन्दा वरको भुइयाँफाँटामा बस्छन् । बेलापरसुवामा जग्गुजस्तै धेरै परिवारको जग्गाजमिन छ । तर, उनीहरू सबै अहिले वसन्ता जैविक मार्ग (वसन्ता करिडोर) मा पर्ने मा जंगल अतिक्रमण गरेर बसेका छन् ।

जैविक मार्ग अतिक्रमण गरी हजार घर

कैलारी गाउँपालिका–७ मा पर्ने बेलापरसुवामा जग्गु चौधरीको तीन बिघा जग्गा छ । तर, उनी बेलापरसुवाभन्दा वरको भुइयाँफाँटामा बस्छन् । बेलापरसुवामा जग्गुजस्तै धेरै परिवारको जग्गाजमिन छ । तर, उनीहरू सबै अहिले वसन्ता जैविक मार्ग (वसन्ता करिडोर) मा पर्ने मा जंगल अतिक्रमण गरेर बसेका छन् ।

बर्दियाको छायाँमा बाँके- सधैं पर्यटकको पर्खाईमा

पाटेबाघको बासस्थान र जैविक मार्ग संरक्षण गर्ने उद्देश्यले स्थापना भएको बाँके राष्ट्रिय निकुञ्ज पर्यटनकका लागि अपार आकर्षणको केन्द्र भए पनि संगैको बर्दिया राष्ट्रिय निकुञ्जको छायाँमा परेको छ । बर्दियामा पर्यटक बढिरहँदा बाँके भने पर्यटकको पर्खाइमा रहेको छ । विसं २०६७ असार २८ गते स्थापना भएको उक्त निकुञ्जमा पछिल्लो समय पर्यटकको आगमनमा कमी आएको छ । …

काँडे तारबार र ट्रेन्चले दुई वर्षदेखि जैविक मार्ग अवरुद्ध

नेपालको अनुमतिबिना एकलौटी रूपमा सीमामा ट्रेन्चमाथि काँडे तारबार गरिँदा अन्तर्राष्ट्रिय जैविक मार्ग अवरुद्ध हुनुका साथै माटोको ड्यामका कारण नेपाली भू–भागबाट वर्षाको पानी दक्षिणतिर बग्ने बाटो अवरुद्ध भएको छ।