घाइते सावित्राले बाँकी खेल गुमाउने

काठमाडौं । खेलका क्रममा घाइते भएपछि विभागीय टोली सशस्त्र प्रहरी बलको एपीएफ क्लबका महत्वपूर्ण खेलाडी सावित्रा भण्डारीले बाँकी खेल गुमाउने भएकी छन् । एपीएफलाई राष्ट्रिय महिला लिग फुटबलको उपाधि नजिक पु¥याउन भूमिका निर्वाह गरेकी भण्डारी सोमबार नेपाल पुलिस क्लबविरुद्धको खेलमा घाइते भएकी थिइन् । खेलको ६९औँ मिनेटमा पुलिसका गोलकिपर उषा नाथसँग ठोक्किएपछि उनी घाइते हुँदै मैदानबाट बाहिरिएकी हुन् । उनको खुट्टामा चोट लागेको छ । एमआरआई रिपोर्ट आएपछि मात्रै कति समय मैदानबाहिर बस्ने भन्ने बारेमा थाहा हुने एपिएफका मुख्य प्रशिक्षक भगवती थापाले जानकारी दिए । हरेकजसो खेलमा गोल गर्दै आएकी भण्डारीले सोमबार भने गर्न सकिनन् । उनले हालसम्म १० खेलमा ४३ गोल गरेकी छन् । महिला लिगमा हालसम्म कुनै पनि खेलाडीको यही नै उत्कृष्ट खेल प्रदर्शन हो । एपीएफले हालसम्म शतप्रतिशत नतिजा निकाल्दै १० खेलमा ३० अंक जोडेको छ । एपीएफ लिगको शीर्ष स्थानमा रहँदै उपाधि नजिक पुगेको छ । अब एक खेल जितेमा उपाधि जित्ने देखिन्छ । त्रिभुवन आर्मी क्लबले १० खेलबाट २५ अंक जोडेको छ । आर्मी लिगको दोस्रो स्थानमा छ । एपिएफले अब बुधबार विराटनगरसँग प्रतिस्पर्धा गर्ने छ । सोमबारको खेलमा एपिएफ क्लबले नेपाल पुलिस क्लबलाई २–१ गोलअन्तरले पराजित गरेको थियो ।  

सम्बन्धित सामग्री

राहुलले आइपिएल र डब्लूटिसी फाइनल गुमाउने

एजेन्सी – लखनऊ सुपर जायन्ट्सका कप्तान लोकेश राहुलले इन्डियन प्रिमियर लिग (आइपिएल) २०२३ को बाँकी खेल गुमाउने भएका छन् । रोयल च्यालेन्जर्स बेंगलोरविरुद्ध यसै साता फिल्डिङ गर्नेक्रममा घाइते भएका थिए । दोस्रो ओभरमै राहुल फिल्डिङ गर्नेक्रममा दायाँ खुट्टाको मांशपेशीमा चोट लाग्न पुगेको थियो । घाइते लगत्तै मैदानबाट बाहिरिएका राहुलले उक्त खेलमा ११ औं नम्बरमा ब्याटिङ […] The post राहुलले आइपिएल र डब्लूटिसी फाइनल गुमाउने first appeared on Hamro Khelkud.

नेयमारले सिजनका बाँकी खेल गुमाउने

फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) का ब्राजिलियन फरवार्ड नेयमारले सिजनका बाँकी खेल गुमाउने भएका छन्। गोली गाँठो (एंकल) मा चोट बोक्न पुगेका पिएसजी स्टारको शल्यक्रिया गर्नुपर्ने भएपछि उनले सिजनका बाँकी खेल गुमाउने भएका हुन्। गत १९ फेब्रुअरीमा पिएसजीको घरेलु मैदानमा भएको खेलमा लिलमाथि ४-३ को जित निकाल्दा नेयमार घाइते भएपछि उनलाई स्टेचरमा राखेर बाहिर […]

नेइमारले विश्वकपमा समूह चरणका बाँकी दुई खेल गुमाउने

९ मंसिर, काठमाडौं । कतारमा भइरहेको विश्वकप फुटबलमा ब्राजिलियन स्टार फरवार्ड नेइमारले समूह चरणका बाँकी दुई खेल गुमाउने भएका छन् । सर्बिया विरुद्ध पहिलो खेलमा घाइते भएका नेइमारले समूह जीमा बाँकी दुई खेल गुमाउने भएका हुन् । नेइमारको एंकलमा चोट लागेपछि उनलाई ७९औं मिनेटमा एन्टोनीले रिप्लेस गरेका थिए । चार्लिसनको दुई गोलमा ब्राजिलले सर्बियालाई पहिलो […]

बंगलादेशका कप्तान हसनले जिम्बाबेविरुद्धको अन्य खेल गुमाउने

१६ साउन, काठमाडौं । बंगलादेशका कप्तान नुरुल हसनले जिम्बाबेविरुद्धको बाँकी टी–२० अन्तर्राष्ट्रिय खेल र एकदिवशीय खेल गुमाउने भएका छन् । बायाँ हातको चोरी औंला भाँचिएका कारण उनले सिरिज गुमाउने भएका हुन् । हरारेमा ७ विकेटले जितेको खेलमा क्याच लिने क्रममा उनी घाइते भएका हुन् । उनको औला भाँचिएको टोलीका फिजियो मुज्जाजेद अल्फा सानेले जानकारी दिएका […]

जेसन रोएले गुमाए टी-२० विश्वकपका बाँकी खेल

२३ कात्तिक, काठमाडौं। इंग्ल्याण्डका ओपनिङ ब्याट्सम्यान जेसन रोएले टी–२० विश्वकप क्रिकेटका बाँकी खेल गुमाउने भएका छन् । उनको स्थानमा जेम्स भिन्स आएका छन् । समूह चरणको अन्तिम खेलमा उनी घाइते भएका थिए, जुन खेलमा इंग्ल्याण्ड दक्षिण अफिकासँग पराजित भएको थियो । उनी १५ बलमा २० रन बनाएको अवस्थामा रिटार्यड हर्ट भएका थिए । आइतबार उनको […]

घाइते भएका रोयले गुमाउने भए विश्वकपका बाँकी खेल

काठमाडौं, २३ कात्तिक । आइसिसि टी–ट्वान्टी विश्वकप क्रिकेटमा भोली इङ्ग्यान्ड र न्यूजिल्यान्ड भिड्दै छन् । सेख जायाद स्टेडियममा हुने उक्त खेलमा न्युजिल्यान्ड भन्दा इङ्ग्ल्यान्ड बलियो टोली हो । तर, इङ्ग्ल्यान्डका धेरै खेलाडिहरु अहिले घाइते रहेका छन् । ओपनिङ ब्याट्स म्यान ज्यासन रोयले पनि विश्व कपका अगामि खेल गुमाउने भएका छन् । देब्रे खुट्टामा समस्या देखिएका […]

घाइते भएका ज्यासन रोयले विश्व कपका खेल गुमाउने, इङ्ग्ल्यान्ड समस्यामा

काठमाण्डाै - इङ्ग्ल्यान्डका ओपनिङ ब्याट्स म्यान ज्यासन रोयले विश्व कपका खेल गुमाउने भएका छन् । देब्रे खुट्टाको पिडुलाेमा समस्या देखिएका कारण रोयले विश्व कपका बाँकी खेल गुमाउने क्रिक इन्फोले जनाएको छ । उनको ठाउँमा जेम्स भिन्सलाई राखिएको इङ्ग्ल्यान्ड क्रिकेट बोर्डले जनाएको छ । सुपर १२ अन्तर्गत दक्षिण अफ्रिकासँगको ब्याटिङका क्रममा उनी घाइते भएपछि २० रनमा रिटायर्ड हर्ट भएका थिए । अस्ति आइतवार गरिएको परीक्षणका क्रममा रोयको पिडुलामा समस्या देखिएकाले खेल गुमाउने पक्का भएको बोर्डले जनाएको छ । उनले आफ्नो अनुपस्थितिम...

डेम्बेलेले युरो–२०२० को बाँकी खेल गुमाउने

एजेन्सी। चोटका कारण फ्रान्सका विंगर औसमान डेम्बेले युरो-२०२० का बाँकी खेल गुमाउने भएका छन्। शनिबार समूह ‘एफ’मा हंगेरीविरुद्धको खेलमा डेम्बेले घाइते भएका हुन्। ५७औं मिनेटमा मैदान छिरेका डेम्बेलले घुँडामा चोट लागेपछि ८७औं मिनेटमा बाहिरिएका थिए। फ्रान्स हंगेरीविरुद्ध १-१ को बराबरीमा रोकिएको थियो। समुह ‘एफ’मा ४ अंकसहित फ्रान्स शिर्ष स्थानमा छ। समूहको अन्तिम खेलमा फ्रान्सले पोर्चुगलविरुद्ध खेल्नेछ।

चोटका कारण सावित्राले बाँकी खेल गुमाउने

३ फागुन, काठमाडौं । विभागीय टोली एपीएफलाई राष्ट्रिय महिला लिग फुटबलको उपाधि नजिक पुर्‍याएकी स्ट्राइकर सावित्रा भण्डारीले लिगअन्तर्गतका बाँकी खेल गुमाउने भएकी छन् । लिग अन्तर्गत सोमबार नेपाल पुलिस विरुद्धको खेलमा सावित्रा घाइते भएकी थिइन् । ६९औं मिनेटमा पुलिसकी गोलकिपर उषा नाथसँग ठोक्किएपछि सावित्रा घाइते भएकी थिइन् । ‘बल हान्ने क्रममा ल्याण्डिङ नमिलेर उनको खुट्टामा […]

केएल राहुलले टेष्ट सिरिजका बाँकी खेल गुमाउने

२२ पुस, काठमाडौं । अष्ट्रेलिया भ्रमणमा रहेका भारतीय क्रिकेट टोलीका विकेटकिपर ब्याट्सम्यान लोकेश (केएल) राहुल बोर्डर गावास्कर ट्रफीबाट बाहिरिएका छन् । घाइते भएपछि उनले अष्ट्रेलिया विरुद्धको चार खेलको टेष्ट सिरिज अन्तर्गत बाँकी दुई खेल गुमाउने भएका हुन् । शनिबार मेलबर्न क्रिकेट मैदानमा अभ्यासको क्रममा उनको बाँया हातमा चोट लागेको र बाँकी दुई टेष्ट खेल गुमाउने भारतीय […]