चोटका कारण सावित्राले बाँकी खेल गुमाउने

३ फागुन, काठमाडौं । विभागीय टोली एपीएफलाई राष्ट्रिय महिला लिग फुटबलको उपाधि नजिक पुर्‍याएकी स्ट्राइकर सावित्रा भण्डारीले लिगअन्तर्गतका बाँकी खेल गुमाउने भएकी छन् । लिग अन्तर्गत सोमबार नेपाल पुलिस विरुद्धको खेलमा सावित्रा घाइते भएकी थिइन् । ६९औं मिनेटमा पुलिसकी गोलकिपर उषा नाथसँग ठोक्किएपछि सावित्रा घाइते भएकी थिइन् । ‘बल हान्ने क्रममा ल्याण्डिङ नमिलेर उनको खुट्टामा […]

सम्बन्धित सामग्री

साउदीका कप्तान फराजले विश्वकपका बाँकी खेल गुमाउने

एजेन्सी – दाया खुट्टामा बोकेको चोटका कारण साउदी अरेबियाका कप्तान तथा मिडफिल्डर सलमान अल फराजले फिफा विश्वकप कतार २०२२ का बाँकी खेल गुमाउने भएका छन् । समूह ‘सी’ मा रहेको साउदी अरेबियाले पहिलो खेलमा उपाधि दाबेदार मानिएको अर्जेन्टिनालाई २–१ ले स्तब्ध पारेपनि दोस्रो खेलमा पोल्यान्डलाई २–० ले नतिजा सुम्पिएको थियो । अर्जेन्टिनाविरुद्धको त्यही पहिलो र […]

नेयमारले विश्व कपमा दुई खेल गुमाउने

काठमाडौं । ब्राजिलका फरवार्ड नेयमारले कतारमा जारी विश्वकप अन्तर्गत आगामी समुह चरणका दुई खेल गुमाउने भएका छन् । खुट्टामा चोट लागेका कारण नेयमारले समूह चरणका बाँकी दुई खेल गुमाउने भएका हुन् । सर्बियासँगको खेलमा नेयमार एन्कल चोट लागेको थियो । सर्बियाका डिफेन्डर निकोला मिलेन्कोभिचको ट्याकल का कारण दायाँ खुट्टामा चोट बोक्दै नेयमार खेलको ८० औँ […]

नेयमारले विश्व कपमा २ खेल गुमाउने

ब्राजिलका स्टार खेलाडी नेयमारले कतारमा भइरहेकाे विश्व कपमा समूह चरणका बाँकी २ खेल गुमाउने भएका छन् ।  सर्बियासँगकाे खेलमा नेयमार दायाँ खुट्टामा चाेट लिएर मैदानबाट बाहिरिएका थिए । खुट्टामा चाेट लागेका कारण उनले अबकाे २ खेल गुमाउने ब्राजिलियन टिमका डाक्टरले जानकारी दिएका बीबीसीले लेखेकाे छ ।  सर्बियाका डिफेन्डर निकोला मिलेन्कोभिचको 'ट्याकल' का कारण दायाँ खुट्टामा चाेट बाेक्दै नेयमार खेलकाे ८० औँ मिनेटमा मैदानबाट बाहिरिएका थिए । अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा आएका तस्बिरमा नेयमारकाे दायाँ खुट्ट...

बंगलादेशका कप्तान हसनले जिम्बाबेविरुद्धको अन्य खेल गुमाउने

१६ साउन, काठमाडौं । बंगलादेशका कप्तान नुरुल हसनले जिम्बाबेविरुद्धको बाँकी टी–२० अन्तर्राष्ट्रिय खेल र एकदिवशीय खेल गुमाउने भएका छन् । बायाँ हातको चोरी औंला भाँचिएका कारण उनले सिरिज गुमाउने भएका हुन् । हरारेमा ७ विकेटले जितेको खेलमा क्याच लिने क्रममा उनी घाइते भएका हुन् । उनको औला भाँचिएको टोलीका फिजियो मुज्जाजेद अल्फा सानेले जानकारी दिएका […]

कमिन्सले आईपीएलको बाँकी खेल गुमाउने

कोलकाता नाइट राइडर्सका खेलाडी प्याट कमिन्सले इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटको बाँकी खेलहरु गुमाउने भएका छन् । कमिन्सले चोटको कारण आईपीएलको बाँकी खेल गुमाउने भएका हुन् ।कमिन्सको हिप इन्जुरी भएको कोलकाताले जनाएको छ । कोलकत्ताले उनको स्थानमा खेल्ने खेलाडी सार्वजनिक गरेको छैन । कमिन्स श्रीलंकाविरुद्धको टी–ट्वान्टी सिरिजका लागि समेत टिममा छैनन् । अष्ट्रेलियाका टेस्ट कप्तान कमिन्सले यो सिजन आईपीएलमा यो सिजन कोलकाताका लागि ५ खेल खेल्दै ७ विकेट लिएका छन् ।&n

मुम्बईका सूर्यकुमार यादवले आईपीएलको बाँकी खेल गुमाउने

२७ वैशाख, काठमाडौं । चोटका कारण मुम्बई इन्डियन्सका ब्याट्सम्यान सूर्यकुमार यादवले जारी इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको बाँकी खेल गुमाउने भएका छन् । मिडल अर्डर ब्याट्सम्यान यादवले बायाँ हातको नाडीमा चोटको कारण आईपीएलका बाँकी खेल गुमाउने भएका हुन् । गत मे ६ मा गुजरात टाइटन्सविरुद्धको खेलमा यादवलाई चोट लागेको थियो । यादवले सोमबार राति भएको कोलकाता नाइट […]

घाइते भएका ज्यासन रोयले विश्व कपका खेल गुमाउने, इङ्ग्ल्यान्ड समस्यामा

काठमाण्डाै - इङ्ग्ल्यान्डका ओपनिङ ब्याट्स म्यान ज्यासन रोयले विश्व कपका खेल गुमाउने भएका छन् । देब्रे खुट्टाको पिडुलाेमा समस्या देखिएका कारण रोयले विश्व कपका बाँकी खेल गुमाउने क्रिक इन्फोले जनाएको छ । उनको ठाउँमा जेम्स भिन्सलाई राखिएको इङ्ग्ल्यान्ड क्रिकेट बोर्डले जनाएको छ । सुपर १२ अन्तर्गत दक्षिण अफ्रिकासँगको ब्याटिङका क्रममा उनी घाइते भएपछि २० रनमा रिटायर्ड हर्ट भएका थिए । अस्ति आइतवार गरिएको परीक्षणका क्रममा रोयको पिडुलामा समस्या देखिएकाले खेल गुमाउने पक्का भएको बोर्डले जनाएको छ । उनले आफ्नो अनुपस्थितिम...

इङ्ल्यान्डका बट्लरले श्रीलंकाविरुद्धको बाँकी खेल गुमाउने

एजेन्सी। इङ्ल्यान्डका विकेटकिपर जोस बट्लरले श्रीलंकाविरुद्धको बाँकी खेल गुमाउने भएका छन्। ३० वर्षे बट्लरको बुधबार कार्डिफमा सम्पन्न पहिलो ट्वान्टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा पिँडौलामा चोट लागेको थियो। उक्त खेलमा बट्लरले अविजित ६८ रन बनाएपछि इङ्ल्यान्डले आठ विकेटले विजयी भयो। चोटकै कारण उनले दोस्रो खेल पनि गुमाएका थिए। इङ्ल्यान्डले श्रीलंकाविरुद्ध अब एक ट्वान्टी–२० र तीन एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट खेल्न बाँकी छ।

नेदरल्यान्ड्सका फरवार्ड डी जोङले युरो–२०२० को बाँकी खेल गुमाउने

एजेन्सी। नेदरल्यान्ड्सका फरवार्ड लुक डी जोङले चोटका कारण युरो–२०२० को बाँकी खेल गुमाउने भएका छन्। डी जोङको मंगलबार ट्रेनिङ गर्नेक्रममा घुँडामो चोट लागेको थियो। डी जोङले दश मिनेटमात्र खेल्न पाए। उनी युक्रेनविरुद्ध ८८ र अष्ट्रियाविरुद्ध ८२ औं मिनेटमा मैदान छिरेका थिए। डी जोङले नेदरल्यान्ड्सबाट ३८ खेलमा आठ गोल गरिसकेका छन्। नेदल्यान्ड्सले समूह ‘सी’को विजेता बन्दै नकआउटमा स्थान बनाएको छ।

डेम्बेलेले युरो–२०२० को बाँकी खेल गुमाउने

एजेन्सी। चोटका कारण फ्रान्सका विंगर औसमान डेम्बेले युरो-२०२० का बाँकी खेल गुमाउने भएका छन्। शनिबार समूह ‘एफ’मा हंगेरीविरुद्धको खेलमा डेम्बेले घाइते भएका हुन्। ५७औं मिनेटमा मैदान छिरेका डेम्बेलले घुँडामा चोट लागेपछि ८७औं मिनेटमा बाहिरिएका थिए। फ्रान्स हंगेरीविरुद्ध १-१ को बराबरीमा रोकिएको थियो। समुह ‘एफ’मा ४ अंकसहित फ्रान्स शिर्ष स्थानमा छ। समूहको अन्तिम खेलमा फ्रान्सले पोर्चुगलविरुद्ध खेल्नेछ।