डेम्बेलेले युरो–२०२० को बाँकी खेल गुमाउने

एजेन्सी। चोटका कारण फ्रान्सका विंगर औसमान डेम्बेले युरो-२०२० का बाँकी खेल गुमाउने भएका छन्। शनिबार समूह ‘एफ’मा हंगेरीविरुद्धको खेलमा डेम्बेले घाइते भएका हुन्। ५७औं मिनेटमा मैदान छिरेका डेम्बेलले घुँडामा चोट लागेपछि ८७औं मिनेटमा बाहिरिएका थिए। फ्रान्स हंगेरीविरुद्ध १-१ को बराबरीमा रोकिएको थियो। समुह ‘एफ’मा ४ अंकसहित फ्रान्स शिर्ष स्थानमा छ। समूहको अन्तिम खेलमा फ्रान्सले पोर्चुगलविरुद्ध खेल्नेछ।

सम्बन्धित सामग्री

सरुले एसियाडका बाँकी खेल गुमाउने

हाङ्गचौं (हाम्रो खेलकुद)– नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी मिडफिल्डर सरु लिम्बुले चीनमा जारी १९ औं एसियाली खेलकुद (एसियाड) का बाँकी खेल गुमाउने भएकी छिन् । एसियाडमा शुक्रबार भिएतनामविरुद्धको खेलमा घुडाँमा चोट लागेपछि सरुले बाँकी खेल गुमाउने भएकी हुन् । समूह चरणमा नेपालले अब जापान र बंगलादेशसँग खेल्न बाँकी छ । भिएतनामविरुद्धको खेलको ३५ औं मिनेटमा […] The post सरुले एसियाडका बाँकी खेल गुमाउने first appeared on हाम्रो खेलकुद.

नेयमारले सिजनका बाँकी खेल गुमाउने

फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) का ब्राजिलियन फरवार्ड नेयमारले सिजनका बाँकी खेल गुमाउने भएका छन्। गोली गाँठो (एंकल) मा चोट बोक्न पुगेका पिएसजी स्टारको शल्यक्रिया गर्नुपर्ने भएपछि उनले सिजनका बाँकी खेल गुमाउने भएका हुन्। गत १९ फेब्रुअरीमा पिएसजीको घरेलु मैदानमा भएको खेलमा लिलमाथि ४-३ को जित निकाल्दा नेयमार घाइते भएपछि उनलाई स्टेचरमा राखेर बाहिर […]

नेयमारले दुई खेल गुमाउने

एजेन्सी – ब्राजिली स्टार फरवार्ड नेयमारसँगै डिफेन्डर डानिलोले कतारमा जारी फिफा विश्वकपको समूह चरणका बाँकी दुई खेल गुमाउने भएका छन् । सर्वियाविरुद्ध २–० को जित निकालेको खेलमा नेयमारले दाया खुट्टामा चोट बोक्दै मैदानबाट बाहिरिनु परेको थियो । ब्राजिली टोलीका चिकित्सक रोड्रिगो लास्मारले नेयमारले कम्तीमा पनि दुई खेल गुमाउने बताएका छन् । सर्वियन डिफेन्डर निकोला मिलेन्कोभिचको […]

नेइमारले विश्वकपमा समूह चरणका बाँकी दुई खेल गुमाउने

९ मंसिर, काठमाडौं । कतारमा भइरहेको विश्वकप फुटबलमा ब्राजिलियन स्टार फरवार्ड नेइमारले समूह चरणका बाँकी दुई खेल गुमाउने भएका छन् । सर्बिया विरुद्ध पहिलो खेलमा घाइते भएका नेइमारले समूह जीमा बाँकी दुई खेल गुमाउने भएका हुन् । नेइमारको एंकलमा चोट लागेपछि उनलाई ७९औं मिनेटमा एन्टोनीले रिप्लेस गरेका थिए । चार्लिसनको दुई गोलमा ब्राजिलले सर्बियालाई पहिलो […]

कमिन्सले आईपीएलको बाँकी खेल गुमाउने

कोलकाता नाइट राइडर्सका खेलाडी प्याट कमिन्सले इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटको बाँकी खेलहरु गुमाउने भएका छन् । कमिन्सले चोटको कारण आईपीएलको बाँकी खेल गुमाउने भएका हुन् ।कमिन्सको हिप इन्जुरी भएको कोलकाताले जनाएको छ । कोलकत्ताले उनको स्थानमा खेल्ने खेलाडी सार्वजनिक गरेको छैन । कमिन्स श्रीलंकाविरुद्धको टी–ट्वान्टी सिरिजका लागि समेत टिममा छैनन् । अष्ट्रेलियाका टेस्ट कप्तान कमिन्सले यो सिजन आईपीएलमा यो सिजन कोलकाताका लागि ५ खेल खेल्दै ७ विकेट लिएका छन् ।&n

मुम्बईका सूर्यकुमार यादवले आईपीएलको बाँकी खेल गुमाउने

२७ वैशाख, काठमाडौं । चोटका कारण मुम्बई इन्डियन्सका ब्याट्सम्यान सूर्यकुमार यादवले जारी इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको बाँकी खेल गुमाउने भएका छन् । मिडल अर्डर ब्याट्सम्यान यादवले बायाँ हातको नाडीमा चोटको कारण आईपीएलका बाँकी खेल गुमाउने भएका हुन् । गत मे ६ मा गुजरात टाइटन्सविरुद्धको खेलमा यादवलाई चोट लागेको थियो । यादवले सोमबार राति भएको कोलकाता नाइट […]

ब्रोडले भारतविरुद्धका बाँकी सबै टेष्ट खेल गुमाउने

एजेन्सी। इङ्ल्यान्डका तीव्र गतिका बलर स्टुवार्ट ब्रोडले भारतविरुद्धको बाँकी टेष्ट खेल गुमाउने भएका छन्। उनको दायाँ खुट्टाको पिँडौलामा चोट लागेपछि बाँकी चार टेष्ट गुमाउने भएका हुन्। लर्ड्स टेष्टअघिको अभ्यासका क्रममा उनलाई चोट लागेको हो। इङ्ल्यान्डले साकिब महमुदलाई टिममा बोलाएको छ। लर्ड्समा ब्रोडको १५०औं खेल हुने थियो। तर त्यसका लागि उनले अझै कुर्नुपर्ने भएको छ।

इङ्ल्यान्डका बट्लरले श्रीलंकाविरुद्धको बाँकी खेल गुमाउने

एजेन्सी। इङ्ल्यान्डका विकेटकिपर जोस बट्लरले श्रीलंकाविरुद्धको बाँकी खेल गुमाउने भएका छन्। ३० वर्षे बट्लरको बुधबार कार्डिफमा सम्पन्न पहिलो ट्वान्टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा पिँडौलामा चोट लागेको थियो। उक्त खेलमा बट्लरले अविजित ६८ रन बनाएपछि इङ्ल्यान्डले आठ विकेटले विजयी भयो। चोटकै कारण उनले दोस्रो खेल पनि गुमाएका थिए। इङ्ल्यान्डले श्रीलंकाविरुद्ध अब एक ट्वान्टी–२० र तीन एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट खेल्न बाँकी छ।

शाकिब र मुस्ताफिजुरले आईपीएलका बाँकी खेल गुमाउने

एजेन्सी। बंगलादेशका अलराउन्डर शाकिब अल-हसनले आईपीएलका बाँकी खेलहरू गुमाउने भएका छन्। कोलकाता नाइट राइडर्समा आबद्ध सकिबलाई बंगलादेश क्रिकेट बोर्डले नो अब्जेक्सन सर्टिफिकेट (एनओसी) नदिने भएपछि आईपीएलको बाँकी खेल गुमाउने भएका हुन्। सकिबसँगै बंगलादेशका अर्का खेलाडी मुस्ताफिजुर रहमानले एनओसी नपाउने बंगलादेश क्रिकेट बोर्डले बताएको छ। आइपीएलको बाँकी खेलहरू सेप्टेम्बरदेखि युएईमा आयोजना हुँदै छ।

केएल राहुलले टेष्ट सिरिजका बाँकी खेल गुमाउने

२२ पुस, काठमाडौं । अष्ट्रेलिया भ्रमणमा रहेका भारतीय क्रिकेट टोलीका विकेटकिपर ब्याट्सम्यान लोकेश (केएल) राहुल बोर्डर गावास्कर ट्रफीबाट बाहिरिएका छन् । घाइते भएपछि उनले अष्ट्रेलिया विरुद्धको चार खेलको टेष्ट सिरिज अन्तर्गत बाँकी दुई खेल गुमाउने भएका हुन् । शनिबार मेलबर्न क्रिकेट मैदानमा अभ्यासको क्रममा उनको बाँया हातमा चोट लागेको र बाँकी दुई टेष्ट खेल गुमाउने भारतीय […]