नुवाकोटमा सबस्टेसन निर्माणका लागि सरकारले एमसिए नेपाललाई जग्गा उपलब्ध गराउने

सरकारले मिलेनियम च्यालेन्ज अकाउण्ट (एमसिए) नेपाललाई रातमाटे सबस्टेशन निर्माणका लागि नुवाकोटको बेलकोटगढी नगरपालिकामा जग्गा उपलब्ध गराउने निर्णय गरेको छ। जेठ ३१ गते बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सुनाउँदै सरकारका प्रवक्ता एवं...

सम्बन्धित सामग्री

एमसीसी कार्यान्वयनका लागि सरकाले दियो जमिन

काठमाडौं, २ असार । संसदबाट मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) पारित भएपनि कार्यान्वयनको काम सुस्त छ । विशेषगरी ट्रान्समिसन लाइन निर्माणका लागि एमसीसीले काम अगाडि बढाउन खोजेको छ । एमसीसी कार्यान्वयन गर्न स्थापित मिलेनियम च्यालेन्ज एकाउण्ट नेपाले धमाधम जग्गा माग गर्न थालेको छ । सरकारले रातमाटे सवस्टेसन निर्माणका लागि नुवाकोटको वेलकोटगढी नगरपालिकामा जग्गा उपलब्ध गराउने निर्णय […]

मन्त्रिपरिषद् बैठकका १९ निर्णय: एमसीसीको लागि जग्गा दिनेदेखि नयाँ नियुक्तिसम्म

सरकारले नेपाल सरकार र बेलायत सरकारको बीचको दिव्पक्षीय श्रम सम्झौता स्वीकृत गर्ने निर्णय गरेको छ ।  जेठ ३१ गते बसेको मन्त्रीपरिषद्को निर्णय सुनाउँदै बिहीवार सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञोनेन्द्रबहादुर कार्कीले सरकारले नेपाल सरकार र बेलायत सरकारको बीचको दिव्पक्षीय श्रम सम्झौता स्वीकृत गर्ने निर्णय गरेको बताए । त्यस्तै सरकारले जापान सरकारबाट नेपालको मानव संसाधन विकासका लागि प्राप्त हुने जापानी येन ३७६ मिलियन ९करिव ३६ करोड ६२ लाख बराबर० को अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको छ । त्यस्तै सरकारले सार्वजनिक खरिद पुनरावलोकन समितिको अध्यक्षमा मोहनकृष्ण सापकोटालाई नियुक्त गरेको छ । प्रवक्ता कार्कीले सार्वजनिक खरिद पुनरावलोकन समितिका अध्यक्ष भीमकुमार ओझाको राजीनामा पनि स्वीकृत गरेको बताए । मन्त्री कार्कीले सकरारले एपीजी एशिया प्यासिफिक ग्रुप अफ मनि लर्निङको मिति २०७९ साउन ८ देखि १२ गतेसम्म मेलेसियामा आयोजना हुने वार्षिक साधारण सभामा सहभागिताको लागि सचिव द्वय धनराज ज्ञवाली र उदयराज सापकोटाको वैदेशिक भ्रमण स्वीकृत गर्ने, मिलिनियम च्यालेन्ज अकाउण्ट नेपाललाई रातमाटे सबस्टेशन निर्माणका लागि नुवाकोट जिल्लाको बेलकोटगढी नगरपालिकामा जग्गा उपलब्ध गराउने, मिति २०७९ असार ११ र १२ गते स्विट्जरल्याण्डमा आयोजना हुने नाइन्टी सेकेण्ड एनियल जनरल मिटिङ अफ द बैंक अफ इन्टरनेशनल सेटलमेण्ट विषय कार्यक्रममा भाग लिन नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद  अधिकारीलाई स्वीकृत दिने, राष्ट्रिय बीमा कम्पनी लिमिटेडको अध्यक्षमा अर्थ मन्त्रालयका सहसचिव रामेश्वर ज्ञवालीलाई मनोनयन गर्ने निर्णय गरेको छ । प्रवक्ता कार्कीका अनुसार २०७९ असार ६ गतेदेखि १३ गतेसम्म थाइल्याण्ड र भियतनाममा हुने नलेज सेयरिङ वर्कशप अन इन्क्लूसिप फाइनान्सिङ अप्सन फर एमएस एमीअसकोअप्रेटिभ विषयक कार्यक्रममा सहभागी हुन सचिव अर्जुनप्रसाद पोखरेललाई स्वीकृत दिने, २०७९ असार ६ मा भर्चुअल माध्यमबाट हुने नेपाल–भुटान दिव्पक्षीय व्यापार वार्तामा नेपालको तर्फबाट भाग लिन उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव डा। नारायणप्रसाद रेग्मीको नेतृत्वमा वार्ताटोली गठन गर्ने, नेपालका लागि अष्ट्रियाका अवैतनिक वाणिज्य दुत राजेशबाबु श्रेष्ठलाई अष्ट्रिया सरकारबाट प्रदान गरिने डेकोरेशन अफ अनर इन स्लिभर र द ब्रिगेड अफ गोर्खाजका भूतपूर्व सैनिकहरु धर्मराज तामाङ, वीरबहादुर थापालाई बेलायती महारानीबाट प्रदान गरिने ब्रिटिश इम्पायर मेडल पदक ग्रहण गर्न स्वीकृत दिने पनि निर्णय भएको छ । प्रवक्ता कार्कीले सरकारले नेपाल रेडक्रस सोसाइटीका साधारण सदस्यहरु मध्येबाट प्रा।सुदर्शनप्रसाद नेपालको अध्यक्षतामा तीन महिनाको लागि एक तदर्थ समिति गठन गर्ने निर्णय गरेको छ । प्रवक्ता कार्कीले सरकारले दक्षिण कोरियाको सिओलमा मिति २०७९ असार ९ देखि १२ गतेसम्म आयोजना हुने द वल्र्ड टुरिजम इण्डस्ट्री कन्फ्रेन्स २०२२ र द थर्टीसेभेन्थ सिओल इन्टरनेशनल टुरिजम फेयरमा सहभागी हुन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेलाई स्वीकृत दिने, तारागाउँ विकास समितिको अध्यक्षमा सुरेश साह जोशी र सदस्यसचिवमा महेन्द्रकुमार थापालाई नियुक्ति गर्ने निर्णय गरेको बताए ।उनले भन ‘सार्वजनिक खरिद पुनरावलोकन समितिका अध्यक्ष श्री भीमकुमार ओझाले उक्त पदबाट दिनुभएको राजीनामा स्वीकृत गर्ने ।सार्वजनिक खरिद पुनरावलोकन समितिको अध्यक्ष पदमा नेपाल सरकारको राजपत्राङ्कित विशष्टि श्रेणीबाट अवकाश प्राप्त गर्नुभएका श्री मोहनकृष्ण सापकोटालाई नियुक्त गर्ने । एपीजी एशिया प्यासिफिक ग्रुप अफ मनि लर्निङको २०७९ साउन ८ देखि १२ गतेसम्म मेलेसियामा आयोजना हुने वार्षिक साधारण सभामा सहभागिताको लागि सचिव द्वय श्री धनराज ज्ञवाली र उदयराज सापकोटाको वैदेशिक भ्रमण स्वीकृत गर्ने । मिलिनियम च्यालेन्ज अकाउण्ट नेपाललाई रातमाटे सबस्टेशन निर्माणका लागिनुवाकोट जिल्लाको बेलकोटगढी नगरपालिकामा जग्गा उपलब्ध गराउने । जापान सरकारबाट नेपालको मानव संसाधन विकासका लागि प्राप्त हुने जापानी येन ३७६ मिलियन ९करिव ३६ करोड ६२ लाख बराबर०को अनुदान सहायता स्वीकार गर्ने । मिति २०७९ असार ११ र १२ गते स्विट्जरल्याण्डमा आयोजना हुने नाइन्टी सेकेण्ड एनियल जनरल मिटिङ अफ द बैंक अफ इन्टरनेशनल सेटलमेण्ट विषय कार्यक्रममा भाग लिन नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई स्वीकृत दिने । राष्ट्रिय बीमा कम्पनी लिमिटेडको अध्यक्षमा अर्थ मन्त्रालयका सहसचिव रामेश्वर ज्ञवालीलाई मनोनयन गर्ने ।२०७९ असार ६ गतेदेखि १३ गतेसम्म थाइल्याण्ड र भियतनाममा हुने नलेज सेयरिङ वर्कशप अन इन्क्लूसिप फाइनान्सिङ अप्सन फर एमएस एमीअसकोअप्रेटिभ विषयक कार्यक्रममा सहभागी हुन सचिव अर्जुनप्रसाद पोखरेललाई स्वीकृत दिने । २०७९ असार ६ मा भर्चुअल माध्यमबाट हुने नेपाल–भुटान दिव्पक्षीय व्यापार वार्तामा नेपालको तर्फबाट भाग लिन उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव डा। नारायणप्रसाद रेग्मीको नेतृत्वमा वार्ता टोली गठन गर्ने । नेपालका लागि अष्ट्रियाका अवैतनिक वाणिज्य दुत श्री राजेशबाबु श्रेष्ठलाई अष्ट्रिया सरकारबाट प्रदान गरिने डेकोरेशन अफ अनर इन स्लिभर र द ब्रिगेड अफ गोर्खाजका भूतपूर्व सैनिकहरु श्री धर्मराज तामाङ, श्री वीरबहादुर थापालाई बेलायती महारानीबाट प्रदान गरिने ब्रिटिश इम्पायर मेडल पदक ग्रहण गर्न स्वीकृत दिने ।नेपाल रेडक्रस सोसाइटीका साधारण सदस्यहरु मध्येबाट प्रा। सुदर्शनप्रसाद नेपालको अध्यक्षतामा तीन महिनाको लागि एक तदर्थ समिति गठन गर्ने । नेपाल सरकार र बेलायत सरकारको बीचको दिव्पक्षीय श्रम सम्झौता स्वीकृत गर्ने । दक्षिण कोरियाको सिओलमा मिति २०७९ असार ९ देखि १२ गतेसम्म आयोजना हुने द वल्र्ड टुरिजम इण्डस्ट्री कन्फ्रेन्स २०२२ र द थर्टीसेभेन्थ सिओल इन्टरनेशनल टुरिजम फेयरमा सहभागी हुन माननीय संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री श्री प्रेमबहादुर आलेलाई स्वीकृत दिने ।तारागाउँ विकास समितिको अध्यक्षमा श्री सुरेश साह जोशी, सदस्यसचिवमा महेन्द्रकुमार थापालाई नियुक्ति गर्ने । २०७९ असार ८ देखि १० सम्म मेक्सिकोमा सञ्चालन हुने सूचना आयुक्तहरुको अन्तर्राष्ट्रिय वार्षिक सम्मेलनमा सहभागी हुन राष्ट्रिय सूचना आयोगका प्रमुख सूचना आयुक्त श्री महेन्द्रमान गुरुङको नेतृत्वको भ्रमण टोलीलाई स्वीकृत दिने । निजी आवास पुुनर्निर्माण तथा प्रवलीकरणको कार्यलाई मिति २०७९ असार मसान्तसम्म निरन्तरता दिने ।सरकारी जग्गा दर्ता, तथा लिज उपलब्ध गराउन सम्बन्धी कार्यनीति २०७८ स्वीकृत गर्ने । सरकारी सम्पति तथा निजी जेन्सी माल सामान बिक्री तथा मिनाहसम्बन्धी कार्यविधि २०७८ स्वीकृत गर्ने । उपचार खर्च, राहत तथा बाल आर्थिक सहायतासम्बन्धी मापदण्ड २०७८ स्वीकृत गर्ने ।’प्रवक्ता कार्कीले २०७९ असार ८ देखि १० सम्म मेक्सिकोमा सञ्चालन हुने सूचना आयुक्तहरुको अन्तर्राष्ट्रिय वार्षिक सम्मेलनमा सहभागी हुन राष्ट्रिय सूचना आयोगका प्रमुख सूचना आयुक्त महेन्द्रमान गुरुङको नेतृत्वको भ्रमण टोलीलाई स्वीकृत दिने, निजी आवास पुुनर्निर्माण तथा प्रवलीकरणको कार्यलाई मिति २०७९ असार मसान्तसम्म निरन्तरता दिने, सरकारी जग्गा दर्ता, तथा लिज उपलब्ध गराउन सम्बन्धी कार्यनीति २०७८ स्वीकृत गर्ने, सरकारी सम्पति तथा निजी जेन्सी माल सामान बिक्री तथा मिनाहसम्बन्धी कार्यविधि २०७८ स्वीकृत गर्ने र उपचार खर्च, राहत तथा बाल आर्थिक सहायतासम्बन्धी मापदण्ड २०७८ स्वीकृत गर्ने निर्णय भएको पनि बताए ।

एमसीए नेपाललाई नुवाकोटमा जग्गा उपलब्ध गराउने, यस्ता छन् मन्त्रिपरिषद्का निर्णय

काठमाडौं। सरकारले मिलिनियम च्यालेन्ज एकाउन्ट नेपाललाई रातमाटे सबस्टेशन निर्माणका लागि नुवाकोट जिल्लाको बेलकोटगढी नगरपालिकामा जग्गा उपलब्ध गराउने पनि निर्णय गरेको छ। जेठ

सरकारले फाप्ला मैदानका लागि ३८ बिघा जग्गा उपलब्ध गराउने

२५ माघ, काठमाडौं । सरकारले धनगढीको फाप्लामा अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणका लागि जग्गा उपलब्ध गराएको छ । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले फाप्ला अन्तर्राष्ट्रिय रंगशाला र खेल ग्रामका लागि ३८ बिघा जग्गा उपलब्ध गराउने निर्णय गरेको हो । फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला र खेल ग्राम निर्माण अभियान (ड्रिम फाप्ला) का अभियन्ता सुवास शाहीले रंगशाला निर्माणका लागि सरकारले ३८ बिघा […]

शिक्षक अस्पतालका लागि जग्गा उपलब्ध गराउने मन्त्रिपरिषद्को निर्णय

काठमाडौँ । सरकारले शिक्षक अस्पतालका लागि जग्गा उपलब्ध गराउने निर्णय गरेको छ । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले अस्पताल निर्माणका लागि चितवनको भरतपुर महानगरपालिका-१५ मा २१ बिघा जग्गा उपलब्ध गराउने निर्णय गरेको हो । पूर्व सम्भाव्यता अध्ययन र जग्गा पहिचान समितिले ३०० शय्याको शिक्षक अस्पताल बनाउन भरतपुर, भक्तपुर र मकवानपुर प्रस्ताव गरेकोमा मन्त्रिपरिषद्ले भरतपुरमा जग्गा प्राप्तिका […]

लुम्बिनी सरकारलाई राप्ती शिक्षालयको १८ बिघा जमिन

लुम्बिनी प्रदेश सरकारको स्थायी संरचना निर्माणका लागि संघीय सरकारले दाङको देउखुरीमा जग्गा उपलब्ध गराउने निर्णय गरेको छ । चैत ५ को मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार देउखुरीस्थित राप्ती प्राविधिक शिक्षालयका नाममा रहेको १७ बिघा १९ कट्ठा ४ धुर जग्गा संघीय सरकारले प्रदेश सरकारका नाममा उपलब्ध गराउने भएको हो ।

विद्युतीय बस सञ्चालनको लागि चार्जिङ स्टेशन निर्माण गर्न आठ पालिकाले देखाए रुचि

हेटौँडा : वाग्मती प्रदेश सरकारले सञ्चालन गर्न लागेको विद्युतीय गाडीका लागि चार्जिङ स्टेशन (विद्युत् पुनःभरण केन्द्र) निर्माण गर्न यहाँका आठ स्थानीय तहले जग्गा उपलब्ध गराउन इच्छा देखाएका छन्। सरकारले स्टेशन निर्माणका लागि जग्गा उपलब्ध गराउने सम्बन्धी आशयपत्र प्रस्तुत गर्न प्रदेशका ११९ वटै स्थानीय तहलाई आह्वान गरेर सूचना प्रकाशित गरेको

राजधानीका लागि जग्गा उपलब्ध गराउन महानगर तयार

विराटनगर महानगरपालिकाले प्रदेश राजधानीको स्थायी संरचनाका लागि आवश्यक जग्गा उपलब्ध गराउने भएको छ । प्रदेश–१ का सभामुख प्रदीपकुमार भण्डारीलाई ज्ञापनपत्र बुझाउँदै प्रदेश राजधानीका लागि आवश्यक जग्गा उपलब्ध गराउन महानगरपालिका तयार रहेको जनाएको हो । विराटनगर महानगरले नगरका विभिन्न स्थानमा रहेका ऐलानी तथा सरकारी स्वामित्वका जग्गाहरू प्रदेश सरकारले स्थायी संरचना निर्माणका लागि प्रयोग गर्न प्रस्तावसमेत गरेको छ ।