विराटनगर महानगरपालिकाले प्रदेश राजधानीको स्थायी संरचनाका लागि आवश्यक जग्गा उपलब्ध गराउने भएको छ ।
प्रदेश–१ का सभामुख प्रदीपकुमार भण्डारीलाई ज्ञापनपत्र बुझाउँदै प्रदेश राजधानीका लागि आवश्यक जग्गा उपलब्ध गराउन महानगरपालिका तयार रहेको जनाएको हो । विराटनगर महानगरले नगरका विभिन्न स्थानमा रहेका ऐलानी तथा सरकारी स्वामित्वका जग्गाहरू प्रदेश सरकारले स्थायी संरचना निर्माणका लागि प्रयोग गर्न प्रस्तावसमेत गरेको छ ।