राजनीतिक दलहरूले चुनावी घोषणापत्रमा रोजगारीको एजेण्डालाई पनि प्राथमिकताका साथ उठाएका छन् । नेकपा एमाले, नेपाली कांग्रेस, माओवादी केन्द्र लगायतका राजनीतिक दलले प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि ल्याएका घोषणापत्रमा अन्य विषयका अतिरिक्त रोजगारी सिर्जनाका एजेण्डा पनि समेटिएका छन् ।दलहरुको घोषणापत्रमा आगामी ५ वर्षभित्र स्वदेशमै रोजगारीको अवस्था सिर्जना गरेर वैदेशिक रोजगारीमा जानुपर्ने बाध्यता अन्त्य गर्ने लक्ष्य समेटिएको छ । यद्यपि यो एजेण्डा नयाँ भने होइन । हरेक निर्वाचनमा रोजगारी सिर्ज