समझदारी अनुसार बेलायत रोजगारी निःशुल्क हो, झुटो प्रलोभनमा नपरौँ : श्रम मन्त्रालय

काठमाण्डौ – प्रक्रिया सुरु भएपछि बेलायत रोजगारीमा निःशुल्क पठाइने भन्दै श्रम मन्त्रालयले कसैले पनि सरकारी अधिकारीसँग सम्पर्क गराइदिन्छु भन्दै प्रलोभनमा पारेमा त्यसबाट बच्न अनुरोध गरेको छ । नेपाल र बेलायतबीच श्रम समझदारी भएपछि नेपाली नर्सहरूलाई बेलायतमा रोजगारी प्रदान गर्ने भन्दै विभिन्न व्यक्ति तथा संस्थाहरूले नेपाल सरकारका सम्बन्धित अधिकारीहरूसँग समन्वय गरिदिन्छु भन्दै झुटो आश्वासन देखाएर ठगी रहेको भन्दै मन्त्रालयले त्यसतर्फ सचेत गराएको हो ।  नेपाल सरकार र बेलायत सरकारबीच बेलायतको स्वास्थ्य क्षेत्रमा नेपाली स्वास्थ्य...