पर्यटन क्षेत्र प्रवद्र्धन गर्न र गतिशीलता बनाउननेतर्फ सरकारले हालसम्म खासै काम गरेको छैन । कोरोना महामारीबाट ग्रसित सो क्षेत्रलाई गति दिन लाग्नुपर्ने सरकार महामारी रोकिँदासमेत उदासीन देखिएको छ । ठोस कदम चाल्नु त परै जाओस् हालसम्म पनि विदेशी पर्यटक आगमनमा अनिवार्य होटल क्वारेन्टिनको व्यवस्था यथावत् नै राखेर सरकारले गैरजिम्मेवारीपन देखाएको पर्यटन व्यवसायीहरूको आरोप छ ।‘पर्यटन प्रवद्र्धन मामलामा सरकार किन यतिविघ्न कठोर बनिरहेको छ भन्ने हामीले बुझ्न सकिरहेका छैनौं । धेरै देशहरूले अहिले आफ्नो प