म्याग्दी : पर्यटकीय जिल्ला मुस्ताङ र म्याग्दीमा स्वदेशी तथा विदेशी पर्यटकको सङ्ख्या घटेपछि यहाँको पर्यटन व्यवसाय सुस्ताउँदै गएको छ।अन्तर्राष्ट्रिय तथा राष्ट्रियरूपमा देखा परेको आर्थिक सङ्कट र कोरोना महामारीको दीर्घकालीन असरका कारण म्याग्दी र मुस्ताङलगायत धौलागिरि क्षेत्रका बागलुङ र पर्वतमा समेत पर्यटकको सङ्ख्या घटेको हो।पर्यटक आगमन घट्दै गएपछि पर्यटकीय क्षेत्रहरू सुनसान भएका छन् भने व्यवसायी निराश बनेका छन्। यतिवेला मुस्ताङका मुख्य होटल र म्याग्दीको घोडेपानीमा एक/दुई होटलमा भन्दा अन्य होटलम