काठमाण्डाै – संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव सुरेश अधिकारीले एक वर्षभित्र देशमा १० लाख पर्यटक भित्र्याउन सकिने दावी गर्नु भएको छ ।
सरकारले सन् २०२३ भित्र १० लाख पर्यटक भित्र्याउने लक्ष्य लिएको र त्यो सम्भव रहेको सचिव अधिकारीले बताउनुभयाे । पर्यटन दिवसको अवसर पारेर शनिबार काठमाण्डौमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले नेपालमा पर्यटकहरुलाई भित्र्याउने काममा निजी क्षेत्रको भूमिका महत्वपूर्ण रहेको पनि स्पष्ट पार्नु भयो ।
सचिव अधिकारीले कोभिडका कारण पर्यटन क्षेत्रबाट देशको अर्थतन्त्रमा...