काठमाडौं। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री भानुभक्त ढकालले हवाइ इन्धनको मूल्य घटाउन सरोकारवालालाई निर्देशन दिएका छन्। बिहीबार सरोकारवाला निकायका पदाधिकारीसँग छलफलमा उनले यस्तो निर्देशन दिएका हुन्। छलफलमा पर्यटन मन्त्रालयका सचिव, उद्योग मन्त्रालयका सचिव, नेपाल आयल निगमका कार्यकारी निर्देशक, नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक र नेपाल एयरलाइन्सका महाप्रबन्धकलगायत सहभागी थिए।