न्युजिल्यान्डको सीमा यस वर्षको अन्त्यसम्म बन्द नै रहने भएको छ । प्रधानमन्त्री जाकिन्डा अर्डेनले कम्तिमा आगामी डिसेम्बरसम्म सीमा बन्द रहने बताइन् । उनले देशको अर्थतन्त्र खुला राख्न र कोभिड १९ लाई बाहिरै राख्नका लागि यो रणनीति राम्रो उपाय हुने बताइन् । उनले यस वर्षको अन्त्यसम्म सम्पूर्ण जनसंख्यालाई खोप लगाउने प्राथमिकतामा जोड दिइन् । कोरोना भाइरस नियन्त्रण गर्न सफल विश्वका देशहरुमध्ये न्युजिल्यान्डलाई एकका रुपमा हेरिएको छ । अहिलेसम्म यहाँ केवल २६ जनाको मात्रै निधन भएको छ । ‘हामी अहिले प