काठमाडौं : चीनले ताइवानको सीमा क्षेत्रमा एक हप्तादेखि जारी सैन्य अभ्यास पूरा भएको जनाएको छ। अमेरिकी सभामुख न्यान्सी पेलोसीको ताइवान भ्रमणपछि आक्रोशित बनेको चीनले सीमा क्षेत्रमा आफ्ना शक्तिशाली सैन्य सामग्रीको प्रदर्शन र अभ्यास गरेको थियो। चिनियाँ सैनिकले हवाई तथा सामुद्रिक कारबाही सफल भएको भन्दै सैन्य गस्ती अझै जारी रहने बताएको छ। चीनले ताइवानलाई आफ्नै भूमिका रुपमा व्याख्या गर्दै आएको छ। साथै आवश्यक परे बलपूर्वक चीनमा मिलाउन पछि नपर्ने चेतावनी दिँदै आएको छ। गत हप्ता अमेरिकी सभामुख