काठमाडौं : अनलाइनमा आधारित म्यासेजिङ सेवाप्रदायक राकुटेन भाइबर औपचारिक रूपमा नेपालमा सामाजिक सञ्जालका रूपमा सूचीकृत भएको छ। यससँगै भाइबर नेपालमा सूचीकृत हुने पहिलो सामाजिक सञ्जाल बनेको छ।सरकारले गत कात्तिकदेखि कार्यान्वयनमा ल्याएको सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थित गर्ने निर्देशिका, २०८० मा भएको व्यवस्थाबमोजिम फागुन २४ गते भाइबर सूचीकृत भएको सञ्चार तथा सूचना मन्त्रालय अन्तर्गतको सामाजिक सञ्जाल व्यवस्थापन एकाइ संयोजक रमेश पाण्डेयले जानकारी दिए। “निर्देशिकामा उल्लिखित सबै