आन्तरिक उडान यात्रालाई सहयोग गर्न भाइबर र सस्तो टिकट्सबीच सहकार्य, के के छन् सुविधा ?

राकुटेन भाइबर र सस्तो टिकट्सबीच सहकार्य भएको छ । आन्तरिक उडान यात्रालाई सहयोग गर्ने उद्देश्यले भाइबर र सस्तो टिकट्सबीच सहकात्य भएको हो ।  सहकार्यसँगै ‘सस्तो टिकट्स्’ च्याटबट सुरू भएको छ । प्रयोगकर्ताहरूले भाइबरमा सस्तो टिकट्स सर्च गरी च्याटबटमा जोडिन सक्नेछन् । च्याटबटमार्फत आन्तरिक र अन्तर्राष्ट्रिय उडानका लागि उडान बुकिङ सेवा उपलब्ध गराउने भाइबरले जनाएको छ ।...

सम्बन्धित सामग्री

भाइबरको डिजिटल वालेट र अन्य सेवा विस्तार

आफ्नो मूल मेसेजिङ र कलिङ सुविधाबाहेक प्रयोगकर्तालाई अन्य विस्तारित सेवाहरू प्रदान गर्न कटिबद्ध रहेको राकुटेन भाइबरले ‘सुपर एप’ हुने आफ्नो उद्देश्यलाई पूर्णता दिने अत्यन्तै महत्वपूर्ण कदम लिएको छ ।भाइबरको प्रमुख कार्यकारी निर्देशकको पदमा भर्खरै नियुक्ती पाएका ओफिर इयालले भाइबरलाई अब फिनटेक श्रेणीमा पनि ल्याउने भएका छन् ।प्रयोगकर्तालाई प्लेटफर्मभित्रै डिजिटल वालेट बनाउने सुविधा प्रदान गर्दै, भाइबर […]

राकुटेन भाइबरद्वारा ‘सुपरएप’ हुने आफ्नो उद्देश्यलाई पूर्णता दिइने

काठमाडौँ–आफ्नो मूल मेसेजिङ र कलिङ सुविधाबाहेक प्रयोगकर्ताहरूलाई अन्य विस्तारित सेवाहरू प्रदान गर्न कटिबद्ध रहेको राकुटेन भाइबरले ‘सुपरएप’ हुने आफ्नो उद्देश्यलाई पूर्णता दिने महत्वपूर्ण कदम लिएको छ। भाइबरको प्रमुख कार्यकारी निर्देशकको पदमा भर्खरै नियुक्ती पाएका ओफि र इयालले भाइबरलाई अब फिनटेक श्रेणीमा पनि ल्याउने भएका छन। प्रयोगकर्ताहरूलाई प्लेटर्फ भित्र ैडिजिटल वालेट बनाउने सुविधा प्रदान गर्दै, भाइबर […]

यती एयरलाइन्सको टिकट अब भाइबरबाट पनि काट्न सकिने

यती एअरलाइन्सको हवाई टिकट अब सामाजिक सञ्जाल भाइबरबाट पनि लिन सकिने भएको छ । कम्पनीले डिजिटल प्रविधिलाई थप ग्राहकमैत्री बनाउँदै भाइबरबाटै सजिलै टिकट लिन सकिने सुविधा उपलब्ध गराएको हो ।  सो सुविधामा ग्राहकले भाइबरमा ‘पाँच वटा–१० अर्थात् १०१०१०१०१०’ हटलाइन नम्बरमा म्यासेज गरेर टिकट लिन सकिने कम्पनीले जनाएको छ ।  ‘भाइबर नेपालसँगको सहकार्यमा यात्रुहरुलाई सहज...

यती एयरलाइन्सको टिकट भाइबरबाट लिन सकिने

काठमाडौं । यती एयरलाइन्सको टिकट भाइबरबाट लिन सकिने भएको छ । भाइबरबाट आफ्नो टिकट लिन सकिने सुविधा मिलाएको एयरलाइन्सले जनाएको छ । भाइबर नम्बर ‘१०१०१०१०१०’ मा म्यासेज गरेर टिकट लिन सकिने एयरलाइन्सले जनाएको छ । यात्रुलाई सहज तरिकाले टिकट उपलब्ध गराउने उद्देश्यले भाइबर नेपालसँगको सहकार्यमा ‘भर्चुअल सेल्स काउन्टर’को व्यवस्था गरिएको यती एयरलाइन्सका...

एनसेल र राकुटेन भाइबरको साझेदारी, ग्राहकलाई विशेष डाटा प्याकेज

मंसिर २१, काठमाडौं। एनसेल आजियाटा लिमिटेड र राकुटेन भाइबरले एकापसमा एनसेलका ग्राहकलाई विशेष डाटा प्याकेज प्रदान गर्न साझेदारी गरेका छन्।  उक्त समझदारीअन्तर्गत ग्राहकले धेरै रुचाएका चार ओटा प्याकहरु हिरो प्याक, ननस्टप युट्युब, ट्रिपल मजा र एसएमएस प्याकको खरीदमा ग्राहकले अब भाइबर चलाउनका लागि थप छुट्टै डाटा निःशुल्क पाउने छन् । ती प्याकहरुका साथ भाइबर म्यासेजिङका लागि पाइने डेटामा कुनै अतिरिक्त शुल्क लाग्दैन र पहिलेदेखिकै प्रिपेड र पोस्टपेड डाटा प्याकेजमा वैकल्पिक ‘एड–अन’ को रूपमा उपलब्ध रहेका छन्। यो नयाँ अफरसँगै अब भाइबरका सुविधाहरु जस्तै– भाइबर म्यासेजिङ, स्टिकर, नयाँ अगमेन्टेड रियालिटी (एआर) लेन्सहरु प्रयोग गर्नका लागि थप डेटामा एनसेलका ग्राहकको पहुँच सुनिश्चित भएको जारी प्रेस विज्ञप्तिमा उल्लेख छ। भाइबरले प्रयोगकर्ताको डाटा गोपनियता संरक्षण गर्न सुरक्षा पनि परिस्कृत गरेको छ। त्यसैगरी एनसेल ग्राहकहरुले भाइबरको स्टिकरहरुमा निःशुल्क पहुँच पाउँछन् र खरीद गरेपछि मात्र पाइने ‘पेड स्टिकर प्याक’ पनि विषेशगरी निःशुल्क उपलब्ध रहेको छ। ‘डिजिटल जीवनशैली सक्षम पार्ने हाम्रो निरन्तर यात्राको एक प्रयासका रूपमा ग्राहकहरुलाई नेपालको एक अग्रणी निःशुल्क म्यासेजिङ एपहरुमध्येको एक भाइबरमा निःशुल्क पहुँचको फाइदा दिन सहकार्य गरेका छौँ। हामी यस साझेदारीबाट साँच्चिकै उत्साहित छौँ र नेपाली उपभोक्ताहरुलाई सेवाबाट फाइदा दिन थप अवसरहरु सिर्जना गर्ने योजनामा छौं’, एनसेलका चिफ कमर्ससियल अफिसर प्रदीप श्रीवास्तवले भने।  कम्पनीले पहिले नै भाइबरमा  ग्राहकहरुका लागि समर्पित समुदाय र डिजिटल बट सेवा उपलब्ध गराउँदै आएको छ। उक्त साझेदारीले निकट भविष्यमा एआरमा आधारित लोकजाइज्ड भाइबर लेन्सको पनि शुरुआत पनि गर्नेछ। राकुटेन भाइबरका वरिष्ठ निर्देशक डेभिड चेले भने, ‘उच्च गुणस्तरका आधुनिक सेवाहरु उपलब्ध गराउँदै आफ्नो नेटवर्क र म्यासेजिङ प्लेटफर्ममार्फत मानिसहरुलाई जोड्ने भाइबर र एनसेलको लक्ष्यबीच ठूलो तालमेल रहेको छ।  यो साझेदारीले हामीलाई नेपालमा आफ्नो पहुँच विस्तार गर्न र मापन गर्न मद्दत गर्नेछ।’ ग्राहकले एनसेल एप, आफूलाई पायक पर्ने एनसेलको प्वाइन्ट अफ सेल्स, एनसेल सेन्टर वा एस्ट्रिक १७१२३ ह्यास डायल गरेर कुनै एक डाटा प्याक सुचारु गरी यो सुविधा लिन सक्ने पनि विज्ञप्तिमा उल्लेख छ ।

दशैंमा वित्तीय क्षेत्रका अफर : क्यासब्याकदेखि नगद छूटसम्म

काठमाडौं । दशैं तथा तिहारलाई लक्षित गरी नेपालको वित्तीय क्षेत्रले पनि ग्राहक लक्षित विभिन्न अफर ल्याएको छ । बैंक तथा वित्तीय संस्था, भुक्तानी सेवा प्रदायक संस्था र रेमिट्यान्स कम्पनीहरूले चाडपर्वलाई लक्षित गर्दै विभिन्न अफर ल्याएका हुन् । विशेषगरी बैंकहरूले विभिन्न व्यापारिक संस्थासँगको सहकार्यमा किनमेलमा गर्ने भुक्तानीमा छूट दिने अफर ल्याएका छन् । नबिल बैंकले ‘दशैं धमाका अफर’ ल्याएको छ । त्यसअन्तर्गत नबिलको डेबिट तथा क्रेडिट कार्ड अनलाइन शपिङ प्लेटफर्महरू बिगमार्ट, दराज र किरानामा प्रयोग गर्दा क्यासब्याक पाइने व्यवस्था गरिएको छ । ग्राहकले बिगमार्टमा १० प्रतिशत छूट वा अधिकतम ३०० रुपैयाँसम्म क्यासब्याक पाउनेछन् । किरानामा १५ प्रतिशत छूट वा १ हजार ५०० रुपैयाँसम्म क्यासब्याक पाउन सकिने बताइएको छ । यसैगरी दराजमा भने हरेक शुक्रवार १० प्रतिशत वा अधिकतम ५ सय रुपैयाँसम्म छूट पाउन सकिने जानकारी बैंकले दिएको छ । सानिमा बैंकले पनि ‘दशैं धमाका’ योजना ल्याएको छ । बैंकले अनलाइन शपिङ पोर्टल दराजबाट सामान खरीद गर्दा छूट दिने योजना ल्याएको हो । डेबिट तथा क्रेडिट कार्ड प्रयोगकर्तालाई यस्तो सुविधा दिइने बैंकले बताएको छ । यो योजना अन्तर्गत सानिमा बैंकको डेबिट कार्ड प्रयोगकर्ताले दराजबाट सामान खरीद गरी भुक्तानी गर्दा २० प्रतिशत वा अधिकतम रू. २ हजारसम्मको छूट पाउनेछन् । यस्तै, क्रेडिट कार्डबाट भुक्तानी गर्दा २० प्रतिशत वा अधिकतम रू. २ हजार ५०० सम्मको छूट प्राप्त गर्न सक्नेछन् । राष्ट्रिय वाणिज्य बैंकले दशैंको अवसरमा पोइन्ट अफ सेल (पीओएस) कारोबारमा क्यास अफर ल्याएको छ । चाडपर्वको अवसरमा विद्युतीय कारोबारलाई प्रोत्साहन गर्न पीओएसको माध्यमबाट प्रतिकारोबार १ हजार रुपैयाँ वा सोभन्दा बढीको कार्ड स्विप गर्दा क्यासब्याक हुने अफर बैंकले ल्याएको हो । यस अन्तर्गत ३ देखि ५ पटकको कार्ड स्विप ५ प्रतिशत अधिकतम क्यास ब्याक वा ५०० रुपैयाँ, ६ देखि १० पटकको कार्ड स्विपमा १० प्रतिशत अधिकतम क्यासब्याक वा ७५० रुपैयाँ, ११ देखि १५ पटकको कार्ड स्विपमा १५ प्रतिशत अधिकतम क्यासब्याक वा १ हजारमध्ये जुन कम हुन्छ, सो बराबरको रकम ग्राहकले फिर्ता पाउँछन् । एनआईसी एशिया बैंकले ‘एनआईसी एशिया भाइबर क्विज बज’ सञ्चालनमा ल्याएको छ, जसमा दैनिक सहभागी भई भाइबर प्रयोगकर्ताले दैनिक तथा साप्ताहिक रूपमा आकर्षक उपहार जित्न सक्नेछन् । असोज १४ गतेदेखि शुरू भएको यो योजना कात्तिक १० गतेसम्म सञ्चालन हुनेछ । क्विज बजमा दैनिक सहभागी भई सही जवाफ दिने एकजनाले साप्ताहिक रूपमा आकर्षक स्मार्टवाच जित्न सक्नेछन् भने प्रत्येक दिन चारजनाले ५०० रुपैयाँको मोबाइल रिचार्जसमेत जित्न सक्ने कम्पनीले बताएको छ । यसैगरी, कुमारी बैंकले डेबिट र क्रेडिट कार्डका ग्राहकलाई विशेष छूट दिने उद्देश्यले दराजसँग सम्झौता गरेको छ । मुक्तिनाथ विकास बैंकले भिसा डेबिट कार्ड र मोबाइल बैंकिङ प्रयोगकर्तालाई धूलिखेलको आगन्तुक रिसोर्टमा छूटको दिने अफर ल्याएको छ । त्यहाँ ग्राहकलाई बसाइ र खानामा विशेष छूट दिइने बताइएको छ । यस्तै, बैंकले आफ्नो एटीएम कार्डप्रयोग गरी नेपालभरि रहेका भिसा नेटवर्कमा आबद्ध अन्य जुनसुकै बैंकको एटीएम मेशिनबाट निःशुल्क रकम झिक्न सक्ने सुविधा पनि ल्याएको छ । दशैंको अवसरमा अन्य बैंक तथा वित्तीयहरूले विभिन्न अफर ल्याएका छन् । त्यसले व्यवसायमा सहयोग पनि पुगेको बैंकरहरू बताउँछन् । यसैगरी भुक्तानी सेवा प्रदायक संस्था नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल)ले कनेक्ट आईपीएस मोबाइल एपमार्फत मोबाइल वालेटमा गरिने फण्ड लोड निःशुल्क गरेको छ । बैंक वित्तीय संस्थाको मोबाइल बैंकिङमा रहेको कनेक्ट आईपीएस फण्ड ट्रान्सफर तथा कनेक्ट आईपीएसमार्फत फण्ड ट्रान्सफर गर्दा पनि शुल्क नलाग्ने बताइएको छ । असोज २० गतेदेखि शुरू भएको यो अफर कात्तिक २५ गतेसम्म कायम रहनेछ । ई–सेवाले पनि दशैं, तिहारलाई लक्षित गर्दै विभिन्न अफर ल्याएको छ । घटस्थापनादेखि शुरू भएको सो अफर असोज ३१ गतेसम्म चल्नेछ । यस अवधिमा ई–सेवाबाट कुनै पनि बैंक खातामा निःशुल्क रूपमा रकम ट्रान्सफर गर्न सकिनेछ । बम्परमा एकजनाले एउटा स्कुटर पाउने बताइएको छ । यस्तै साप्ताहिक रूपमा एकजना विजेताले आकर्षक उपहार प्राप्त गर्नेछन् भने मोबाईल रिचार्जमा १० प्रतिशत अथवा ५० रुपैयाँसम्मको क्यासब्याक पाउने व्यवस्था गरिएको छ । आईएमई डिजिटल सोलुसन लिमिटेडद्वारा प्रवद्र्घित आईएमई पेले ‘दशैंको झट्का’ स्कीम ल्याएको छ । यस अन्तर्गत अन्तर्गत आईएमई पे वालेटबाट हवाई टिकट खरीद गर्दा ५० प्रतिशतसम्म क्यासब्याक पाइनेछ । दशैंलाई लक्षित गरेर भुक्तानी सेवा प्रदायक अन्य कम्पनीले पनि विभिन्न अफर ल्याएका छन् । रेमिट्यान्सतर्फ आईएमई ले ‘डबलको डबलको डबल अफर’ ल्याएको छ । असोज १ गतेदेखि शुरू भएको यो अफर कात्तिक २६ गतेसम्म लागू हुन्छ । उक्त अफरमा विदेशबाट पठाइएको रकमको आठ गुणासम्म पुरस्कार जित्न सकिने बताइएको छ । साथै, हरेक हप्ता दुईजनालाई पठाएको रकमको दुई गुणा, हरेक महीना पठाएको रकमको ४ गुणा बराबरको पुरस्कार दिइने कम्पनीले बताएको छ । यस्तै, रेमिट्यान्स आईएमई–पेमा प्राप्त गरेमा २०० रुपैयाँ थप बोनस पाइने व्यवस्था पनि छ । क्यापिटलतर्फ कुमारी क्यापिटललले ‘उत्सवलाई महाउत्सव बनाउने’ योजना ल्याएको छ । हितग्राही खाताको पहुँच वृद्धि गर्ने उद्देश्यले यस्तो योजना ल्याइएको हो । यसमा सरकारको ‘एक नेपाली : एक डिम्याट खाता’ अभियान अन्तर्गत निःशुल्क हितग्राही खाता खोल्न सकिनेछ । प्रभु क्यापिटलले पनि दशैं लक्षित ‘डबल धमाका’ अफर ल्याएको छ । यो योजनामा १ रुपैयाँमा डिम्याट खाता खोल्न सकिनेछ । साथै शेयर बजार सम्बन्धी निःशुल्क विशेषज्ञ तालीम पनि प्रदान गरिने क्यापिटलले जानकारी दिएको छ । प्रभु क्यापिटलमा दैनिक डिम्याट खाता खोल्नेमध्ये भाग्यशाली १० जना ग्राहकलाई यो योजना अन्तर्गत विजेता छनोट गरिनेछ । दैनिक विजेताको सूची एक दिनपछि प्रभु क्यापिटलको फेसबुक पेज तथा भाइबर कम्युनिटीमार्फत सार्वजनिक गरिने बताइएको छ । यसरी छनौट भएका ग्राहकले खाता खोलिसकेपछि १९९ रुपैयाँमा २५ प्रतिशत टीडीएस कट्टी गरी बाँकी रकम ग्राहकको बालेटमा फिर्ता गरिने क्यापिटलले जानकारी दिएको छ ।

एनआईसी एशिया बैंकको मोबाइल बैंकिङ एपमा कस्टमर केयर सेवा

काठमाडौं (अस) । एनआईसी एशिया बैंकले आफ्नो मोबाइल बैंकिङ एप एनआईसी एसिया मोबैंकमा डिजिटल कारोबारका माध्यमबाट ग्राहकलाई सेवा दिने उद्देश्यले कस्टमर केयर सेवा सुरु गरेको छ । ग्राहकको समस्या यथाशीघ्र समाधान गर्न एनआईसी एसिया मोबैंकमार्फत नयाँ सेवा सुरु गरिएको बैंकले बताएको छ । ‘डिजिटल फस्ट बैंक’ नारासहित दीर्घकालीन रणनीतिअनुरूप आफ्ना सेवा–सुविधालाई डिजिटलमैत्री बनाउने क्रममा कस्टमर केयरबाट डिजिटल बैंकिङ प्रवर्द्धनमा टेवा पुग्ने विश्वास बैंकले लिएको छ । बैंकको एनआईसी एशिया मोबैंक एपभित्र रहेको कस्टमर केयर आइकनमा ट्याप गरेपछि मोबाइल बैंकिङ एपभित्र रहेका सुविधाभित्र ग्राहकले बैंकको अनलाइन सेवा, इन्टरनेट, मोबाइल, भाइबर, मिस्डकल बैंकिङ तथा क्यूआर मर्चेन्ट भुक्तानी, विदेशी विनिमय दर, गुनासो, अलाइन एप्लिकेसनलगायतका सुविधा च्याटमार्फत प्राप्त गर्न सकिनेछ । यस्तै, बैंकका प्रतिनिधिसँग सीधा सम्पर्क गरेर ग्राहकले बैंकबाट उपलब्ध हुने कार्ड, डिम्याट, मेरो शेयर, कर्जा, अनलाइन खाता, रेमिट्यान्स आदिबारे थप जानकारी प्राप्त गर्न सकिने बैंकले जनाएको छ । भिडियो ट्युटोरियलबाट बैंकका डिजिटल सेवाको प्रयोग गर्ने तरिकाबारे तयार गरिएको जानकारीमूलक भिडियो सामग्रीसमेत ग्राहकले हेरेर आफैं उपभोग गर्न सक्नेछन् । बैंकले हाल ३५२ शाखा, ४७१ एटिएम, ७५ वटा विस्तारित काउन्टर एवं ८० वटा शाखारहित इकाइमार्फत बैंकिङ सेवा दिँदै आएको छ ।

कुमारी बैंकको भाइवर बैंकिङ सेवा

कुमारी बैंकले भाइबर बैंकिङ सेवा सुरु गरेको छ । भाइबर बैंकिङ सेवामार्फत ग्राहक महानुभावहरु तथा समस्त भाइबर सेवा प्रयोगकर्ताहरुले सहजै कुनै पनि बेला आफ्नो खाताको विवरण, खाताको कारोबार, कर्जा सुविधा, कार्ड सुविधा, खाताका किसिम, ब्याजदर, बैंकका शाखा, एटीएमसम्बन्धी जानकारी साथै अन्य बैंकिङ सेवाहरु निःशुल्क लिन सक्नेछन् ।