गुल्मीको छत्रकोट गाउँपालिकाकी एक दलित महिला सदस्य पदमुक्त हुनुभएको छ । यस गाउँपालिकाको वडा नम्बर ५, खज्र्याङको वडा सदस्यमा नेपाली कांग्रेसबाट निर्वाचित दलित महिला सदस्य उर्मिला आचार्य नेपाली पदमुक्त हुनुभएको हो । कांग्रेसबाट २०७९ सालको स्थानीय तहको निर्वाचनमा निर्वाचित नेपाली नेकपा (एमाले) मा प्रवेश गरेसँगै नेपाली कांग्रेस जिल्ला कार्यसमिति गुल्मीले पार्टी परित्याग गरेको जानकारी केन्द्रीय कार्यसमितिलाई गराएको सभापति खिलध्वज पन्थीले बताउनुभयो ।