वल्र्डलिंकको उच्च क्षमताको इन्टरनेट

इन्टरनेट सेवा प्रदायक कम्पनी वल्र्डलिंक कम्युनिकेसनले अब घरभरि सबै तल्लामा समान गतिको इन्टरनेट उपलब्ध गराउने भएको छ । वल्र्डलिंकले फोटोन स्किम अन्तर्गत यो इन्टरनेट सेवा सुरू गरेको बताएको छ ।फोटोन स्किममा ग्राहकहरुले मेस वाइफाइ प्रणाली बाट घरभरि नै धेरै उच्च गतिमा इन्टरनेट प्राप्त गर्ने छन् । घरभित्रको धेरै राउटरहरुलाइ नेटवर्किंङ गरी घरहरुमा भइरहेको ढिला गतिका […]

सम्बन्धित सामग्री

टेलिकमले घटायो इन्टरनेट शुल्क, अब कति पर्छ ?

नेपाल टेलिकमले उपलब्ध गराइरहेको लिज कनेक्टिभिटी Lease Connectivity) को नयाँ महशुल दर कायम गरेको छ । कम्पनीले गत असार १ गतेदेखि लागू हुनेगरी इन्टरनेट (Internet) तथा इन्ट्रानेट (Intranet) दुवै लिज लाइनको महशुल दर ३६ प्रतिशतसम्म कम हुनेगरी कायम गरिएको जनाएको छ।टेलिकमका अनुसार इन्टरनेट (Internet) लिज लाइन अन्तर्गत १ देखि २० एमबीपीएस ब्यान्डविथको महशुल दर पहिले रु. २,५०० रहेकोमा अब रु. १,६०० मात्र हुनेछ । त्यसैगरी २१ देखि ५० एमबीपीएसको महशुल दर पनि रु. २,३०० बाट घटाएर रु. १,६०० नै कायम गरिएको छ।त्यस्तै ५१ देखि १०० एमबीपीएस र १०० एमबीपीएस ब्यान्डविथ भन्दा बढी क्षमताको महशुल क्रमशः रु २,१०० र रु. १,९०० रहेकोमा अब वैको महशुल दर रु. १,५०० कायम गरिएको टेलिकमले जनाएको छ।इन्ट्रानेट (Intranet) लिज लाइन अन्तर्गत १ देखि १० एमबीपीएस ब्यान्डविथको महशुल रु. २,७००। रहेकोमा अब रु. २,४००, ११ देखि १०० एमबीपीएसको रु. २,४००। रहेकोमा अब रु. २,१००। र १०० एमबीपीएस भन्दा बढीको रु. २,१००। रहेकोमा अब रु. १,८००। कायम गरिएको टेलिकमलेउल्लेख गरेको छ।नेपाल टेलिकमले विभिन्न सरकारी तथा व्यावसायिक ग्राहकका मागअनुसार उच्च क्षमताको इन्टरनेट तथा इन्ट्रानेट लिज सेवा प्रदान गरिरहेको छ। यस सेवामा इन्टरनेटको अपलिंक र डाउनलिंक क्षमता सधैं बराबर रहने तथा यो सेवा २४ सै घण्टा निरन्तर डेडिकेटेड रुपमा उपलब्ध भइरहने टेलिकमले जनाएको छ।

प्रविधिमा आधारित पठनपाठन सञ्चालन गर्न विद्यालयमा इन्टरनेट

खोटाङ, १५ असोज: साकेला गाउँपालिकाका सामुदायिक आधारभूत विद्यालयमा ब्रोडब्याण्ड इन्टरनेट विस्तारको काम सुरु गरिएको छ । गाउँपालिकाले नेपाल दूरसञ्चार प्राधिकरणसँगको सहकार्यमा पालिकाभरिका २३ सामुदायिक आधारभूत विद्यालयमा कम्तीमा २० एम्बिपिएस क्षमताको नन–डेडिकेटेड ब्रोडब्याण्ड इन्टरनेट विस्तारको काम सुरु गरेको हो । सामुदायिक विद्यालयमा इन्टरनेटका माध्यमबाट प्रविधिमा आधारित पठनपाठन सञ्चालन गर्न ब्रोडब्याण्ड इन्टरनेट जडानको काम सुरु गरिएको गाउँपालिकाका […]

प्रविधिमैत्री बन्ने भन्दै खाेटाङका विद्यालयले इन्टरनेट जाेड्न थाले

विद्यालमा इन्टरगाउँपालिकाले नेपाल दूरसञ्चार प्राधिकरणसँगको सहकार्यमा पालिकाभरिका २३ सामुदायिक आधारभूत विद्यालयमा कम्तीमा २० एम्बिपिएस क्षमताको नन–डेडिकेटेड ब्रोडब्याण्ड इन्टरनेट विस्तारको काम सुरु गरेको हो ।

वर्ल्डलिंकमा ३०० एमबीपीएस क्षमताको इन्टरनेट सुविधा

काठमाडौं (अस) । इन्टरनेट सेवाप्रदायक कम्पनी वर्ल्डलिंक कम्युनिकेसन्सले ३०० एमबीपीएस क्षमताको इन्टरनेट सेवा सुरु गरेको छ । वर्ल्डलिंक फोटोन स्किमअन्तर्गत यो इन्टरनेट सेवा सुरु गरिएको हो । फोटोन स्किममा ग्राहकले मेस वाईफाई प्रणालीबाट घरभरिका कोठामा उच्च गतिको इन्टरनेट प्राप्त गर्नेछन् । यस्तो वाईफाई प्राप्त गर्न नोकियाको बेकन १/१ राउटर प्रयोग गरिनेछ । यसले हाल  घरमा भइरहेको ढिला गतिको इन्टरनेट समस्या समाधान मेस वाईफाईले गराउनेछ ।   वर्ल्डलिंकले घरभित्र धेरै राउटरलाई नेटवर्किङ गर्नेछ । मेस वाईफाई स्मार्ट जडानमा आधारित प्रणाली हो । यस्तो प्रणाली विस्तारीकरण राउटरभन्दा राम्रो हुन्छ । मेस वाईफाईमा सबै राउटर एकअर्कासँग जोडिएका हुन्छन् । त्यसमा म्यानुअल रूपमा वाईफाई प्रयोगकर्ताको युजरनेम परिवर्तन गर्नुपर्दैन । ग्राहकले घरभरि  इन्टरनेटको गतिमा कुनै परिवर्तनबिना राउटरलाई सार्न सक्ने कम्पनीका अध्यक्ष दिलीप अग्रवालले बताए । यो सेवा अहिले काठमाडौंमा उपलब्ध गराइएकामा छिट्टै अन्य सहरमा पनि विस्तार गरिने उनले जानकारी दिए ।

भूकम्प प्रभावित जिल्लामा इन्टरनेट : २५७ स्थानीय तहसँग सम्झौता

भूकम्प प्रभावित आठ जिल्लामा दुई वर्षका लागि निःशुल्क इन्टरनेट पुर्याउने उद्देश्यअनुरुप नेपाल दूरसञ्चार प्राधिकरण र दुई सय ५७ वटा गाउँपालिका/नगरपालिकासँग समझदारीपत्रमा हस्ताक्षर भएको छ ।   भूकम्पबाट अति प्रभावित आठ जिल्ला र काठमाडौँ उपत्यका बाहेकका ६६ जिल्लाका सम्पूर्ण सामुदायिक आधारभूत विद्यालयमा कम्तीमा २० एमबीबीएस क्षमताको ननडेडिकेटेड ब्रोडब्यान्ड इन्टरनेट...

भूकम्प प्रभावित जिल्लामा इन्टरनेट : २५७ स्थानीय तहसँग सम्झौता

काठमाडौं । भूकम्प प्रभावित आठ जिल्लामा २ वर्षका लागि निःशुल्क इन्टरनेट पुर्‍याउने उद्देश्यअनुरूप नेपाल दूरसञ्चार प्राधिकरण र २५७ ओटा गाउँपालिका/नगरपालिकाबीच समझदारी भएको छ । भूकम्पबाट अति प्रभावित आठ जिल्ला र काठमाडौं उपत्यकाबाहेकका ६६ जिल्लाका सम्पूर्ण सामुदायिक आधारभूत विद्यालयमा कम्तीमा २० एमबीपीएस क्षमताको ननडेडिकेटेड ब्रोडब्यान्ड इन्टरनेट सेवा जडान तथा सञ्चालन गर्न कार्यक्रम अघि बढाइएकोमा ६५६ मध्ये २५७ ओटा स्थानीय तहसँग हालै समझदारीपत्रमा हस्ताक्षर भएको प्राधिकरणका प्रवक्ता सन्तोष पौडेलले जानकारी दिए । प्राधिकरणको ग्रामीण दूरसञ्चार विकास कोष परिचालन गरी सञ्चालित परियोजनामध्ये भूकम्पबाट अति प्रभावित आठ जिल्ला (काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, रसुवा, नुवाकोट, दोलखा, सिन्धुली, रामेछाप र ओखलढुंगा)का सबै स्थानीय तहको कार्यालय, वडा कार्यालय, सामुदायिक मावि, सामुदायिक स्वास्थ्य संस्थाहरूमा क्षमता अभिवृद्धि र जडान गर्न सो योजना ल्याइएको हो, जसमा सम्पूर्ण आधारभूत विद्यालयसमेत गरी करीब ४ हजार २५१ स्थानमा कम्तीमा २० एमबीपीएस क्षमताको ननडेडिकेटेड ब्रोडब्यान्ड इन्टरनेट सेवा जडान गरी २ वर्षसम्मका लागि महशुलबापतको रकम उपलब्ध गराउने योजना छ । आधारभूत विद्यालयमा कम्तीमा २० एमबीपीएस क्षमताको ननडेडिकेटेड ब्रोडब्यान्ड इन्टरनेट सेवा जडान तथा सञ्चालन गर्न ७५ मध्ये ७० ओटा पालिकासँग अन्तिम सम्झौता भइसकेको प्रवक्ता पौडेलले जानकारी दिए । प्राधिकरणले इन्टरनेटबारे सम्झौता गर्न बाँकी रहेका गाउँपालिका÷नगरपालिकालाई सम्झौताका लागि आग्रह गरेको छ । प्राधिकरणले ‘डिजिटल नेपाल फ्रेमवर्क’को आकांक्षा पूरा गर्ने उद्देश्यअनुरूप ग्रामीण दूरसञ्चार विकास कोषको परिचालन गरी हालसम्म १ हजार ६ किलोमिटर  (४६.१६ प्रतिशत) अप्टिकल फाइबर बिछ्याउने कार्य सम्पन्न गरेको छ । रासस

भूकम्प प्रभावित जिल्लामा इन्टरनेट : २५७ स्थानीय तहसँग सम्झौता

भूकम्प प्रभावित आठ जिल्लामा दुई वर्षका लागि निःशुल्क इन्टरनेट पुर्याउने उद्देश्यअनुरुप नेपाल दूरसञ्चार प्राधिकरण र दुई सय ५७ वटा गाउँपालिका/नगरपालिकासँग समझदारीपत्रमा हस्ताक्षर भएको छ ।  भूकम्पबाट अति प्रभावित आठ जिल्ला र काठमाडौँ उपत्यका बाहेकका ६६ जिल्लाका सम्पूर्ण सामुदायिक आधारभूत विद्यालयमा कम्तीमा २० एमबीबीएस क्षमताको ननडेडिकेटेड ब्रोडब्यान्ड इन्टरनेट सेवा जडान तथा सञ्चालन गर्न कार्यक्रम अघि बढाइएकामा कूल ६ सय ५६ मध्ये दुई सय ५७ स्थानीय तहसँग समझदारीपत्रमा हस्ताक्षर भएको  प्राधिक

सुबिसु र नोकियाको सहकार्यमा अप्टिकल नेटवर्क अत्याधुनिकरण

सुबिसु नेटवर्कले नोकियासँगको सहकार्यमा ४०० जीबीपीएस क्षमताको सिङ्गल अपटिकल फाइबर विस्तार गरेको छ । बढ्दो इन्टरनेटको मागलाई सम्बोधन गर्दै उच्च गति तथा गुणस्तरीय इन्टरनेट तथा इन्ट्रानेट सेवा प्रदान गर्न नोकियाको यस अत्याधुनिक सोलुसनले सुबिसुले प्रदान गर्ने ब्रोडब्यान्ड सेवामा उल्लेखनीय सहयोग पु¥याउने जनाइएको छ । सुबिसुका रिटेल तथा कर्पोरेट ग्राहकहरूलाई उच्च गतिका ब्रोडब्यान्ड इन्टरनेट तथा इन्ट्रानेट […]

नोकियाको सहकार्यमा अप्टिकल नेटवर्क बढाउँदै सुबिसु

सुबिसु नेटवर्कले नोकियासँगको सहकार्यमा ४०० जीबीपीएस क्षमताको सिंगल अप्टिकल फाइबर सोलुशन बिस्तार गरेको छ । १५०० कि.मि. पूर्व पश्चिम फैलिएको सुबिसुले बढ्दो इन्टरनेटको मागलाई सम्बोधन गर्न उच्च गति तथा गुणस्तरीय इन्टरनेट तथा इन्ट्रानेट सेवा प्रदान गर्ने जनाएको छ । जसका लागि नोकियाको अत्याधुनिक सोलुशनले सुबिसुले प्रदान गर्ने ब्रोडब्याण्ड सेवामा उल्लेखनीय सहयोग पुर्याउने कम्पनीको विश्वास छ । सुबिसुका रिटेल तथा कर्पोरेट ग्राहकहरूलाई उच्च गतिका ब्रोडब्यान्ड इन्टरनेट तथा इन्ट्रानेट प्रदान गर्न नोकियाले नेपालमै पहिलो पटक ४०० जीबीपीएस ...