वर्ल्ड लिंकको फोटोन स्किमः ३०० एमबीपीएस क्षमताको इन्टरनेट, अब घरभरि सबै तल्लामा समान गतिको इन्टरनेट

काठमाडौं । वर्ल्ड लिंक कम्युनिकेशनको लिमिटेडले अब घरभरि सबै तल्लामा समान गतिको इन्टरनेट उपलब्ध गराउने भएको छ । वर्ल्ड लिंकले फोटोन स्किम अन्तर्गत यो इन्टरनेट सेवा शुरू गरेको हो । फोटोन उच्च गतिको इन्टरनेट हो । यसले घरभरि समान रूपमा इन्टरनेट उपलब्ध गराउँछ ।  नेपालमा पहिलो पटक ३०० एमबीपीएससम्मको गतिमा इन्टरनेट उपलब्ध गराएको वर्ल्ड लिंकले जनाएको छ ।फोटोन स्किममा ग्राहकहरुले मेस वाईफाई प्रणालीबाट घरभरि नै धेरै उच्च गतिमा इन्टरनेट प्राप्त गर्ने कम्पनीले जनाएको छ । यस्तो वाईफाई प्राप्त गर्न नोकिय

सम्बन्धित सामग्री

वाइफाइ नेपालको सेवा चितवनमा

चितवन। इन्टरनेट सेवा प्रदायक कम्पनी वाइफाइ नेपालले चितवनमा सेवा दिन शुरू गरेको छ । कम्पनीले विशेषगरी घरायसी सेवाग्राहीलाई लक्षित गरी सेवा शुरू गरेको जानकारी दिएको छ । कम्पनी प्रमुख प्राविधिक अधिकृत सुजित पौडेलले यसअघि गरिएको सफल परीक्षणपश्चात् औपचारिक सेवा शुरू गरिएको बताए । ‘यो सेवा विशेषगरी घरायसी, विद्यार्थी र न्यून आय भएका वर्गका लागि लक्षित गरेका छौं,’ उनले भने । कम्पनीले हाल देशका ४२ जिल्लामा सेवा दिँदै आएको बताए । अहिले ५० एमबीपीएस क्षमताको वार्षिक ६ हजार २१५ रुपैयाँ र ८० एमबीपीएस क्षमताको ८ हजार ४७५ रुपैयाँ मूल्य कायम गरिएको कम्पनीको भनाइ छ ।

टेलिकमले घटायो इन्टरनेट शुल्क, अब कति पर्छ ?

नेपाल टेलिकमले उपलब्ध गराइरहेको लिज कनेक्टिभिटी Lease Connectivity) को नयाँ महशुल दर कायम गरेको छ । कम्पनीले गत असार १ गतेदेखि लागू हुनेगरी इन्टरनेट (Internet) तथा इन्ट्रानेट (Intranet) दुवै लिज लाइनको महशुल दर ३६ प्रतिशतसम्म कम हुनेगरी कायम गरिएको जनाएको छ।टेलिकमका अनुसार इन्टरनेट (Internet) लिज लाइन अन्तर्गत १ देखि २० एमबीपीएस ब्यान्डविथको महशुल दर पहिले रु. २,५०० रहेकोमा अब रु. १,६०० मात्र हुनेछ । त्यसैगरी २१ देखि ५० एमबीपीएसको महशुल दर पनि रु. २,३०० बाट घटाएर रु. १,६०० नै कायम गरिएको छ।त्यस्तै ५१ देखि १०० एमबीपीएस र १०० एमबीपीएस ब्यान्डविथ भन्दा बढी क्षमताको महशुल क्रमशः रु २,१०० र रु. १,९०० रहेकोमा अब वैको महशुल दर रु. १,५०० कायम गरिएको टेलिकमले जनाएको छ।इन्ट्रानेट (Intranet) लिज लाइन अन्तर्गत १ देखि १० एमबीपीएस ब्यान्डविथको महशुल रु. २,७००। रहेकोमा अब रु. २,४००, ११ देखि १०० एमबीपीएसको रु. २,४००। रहेकोमा अब रु. २,१००। र १०० एमबीपीएस भन्दा बढीको रु. २,१००। रहेकोमा अब रु. १,८००। कायम गरिएको टेलिकमलेउल्लेख गरेको छ।नेपाल टेलिकमले विभिन्न सरकारी तथा व्यावसायिक ग्राहकका मागअनुसार उच्च क्षमताको इन्टरनेट तथा इन्ट्रानेट लिज सेवा प्रदान गरिरहेको छ। यस सेवामा इन्टरनेटको अपलिंक र डाउनलिंक क्षमता सधैं बराबर रहने तथा यो सेवा २४ सै घण्टा निरन्तर डेडिकेटेड रुपमा उपलब्ध भइरहने टेलिकमले जनाएको छ।

कात्तिकसम्म ७६ मध्ये ७१ स्थानीय तहमा २० एमबीपीएस इन्टरनेट संचालनका लागि सम्झौता

काठमाडौं। नेपाल दूरसंचार प्राधिकरणले २० एमबीपीएस क्षमताको नन्-डेडिकेटेड इन्टरनेट सेवा ४२ सय ५१ स्थानमा संचालनका लागि कात्तिकसम्ममा कुल ७६

वर्ल्डलिंकमा ३०० एमबीपीएस क्षमताको इन्टरनेट सुविधा

काठमाडौं (अस) । इन्टरनेट सेवाप्रदायक कम्पनी वर्ल्डलिंक कम्युनिकेसन्सले ३०० एमबीपीएस क्षमताको इन्टरनेट सेवा सुरु गरेको छ । वर्ल्डलिंक फोटोन स्किमअन्तर्गत यो इन्टरनेट सेवा सुरु गरिएको हो । फोटोन स्किममा ग्राहकले मेस वाईफाई प्रणालीबाट घरभरिका कोठामा उच्च गतिको इन्टरनेट प्राप्त गर्नेछन् । यस्तो वाईफाई प्राप्त गर्न नोकियाको बेकन १/१ राउटर प्रयोग गरिनेछ । यसले हाल  घरमा भइरहेको ढिला गतिको इन्टरनेट समस्या समाधान मेस वाईफाईले गराउनेछ ।   वर्ल्डलिंकले घरभित्र धेरै राउटरलाई नेटवर्किङ गर्नेछ । मेस वाईफाई स्मार्ट जडानमा आधारित प्रणाली हो । यस्तो प्रणाली विस्तारीकरण राउटरभन्दा राम्रो हुन्छ । मेस वाईफाईमा सबै राउटर एकअर्कासँग जोडिएका हुन्छन् । त्यसमा म्यानुअल रूपमा वाईफाई प्रयोगकर्ताको युजरनेम परिवर्तन गर्नुपर्दैन । ग्राहकले घरभरि  इन्टरनेटको गतिमा कुनै परिवर्तनबिना राउटरलाई सार्न सक्ने कम्पनीका अध्यक्ष दिलीप अग्रवालले बताए । यो सेवा अहिले काठमाडौंमा उपलब्ध गराइएकामा छिट्टै अन्य सहरमा पनि विस्तार गरिने उनले जानकारी दिए ।

भूकम्प प्रभावित जिल्लामा इन्टरनेट : २५७ स्थानीय तहसँग सम्झौता

काठमाडौं । भूकम्प प्रभावित आठ जिल्लामा २ वर्षका लागि निःशुल्क इन्टरनेट पुर्‍याउने उद्देश्यअनुरूप नेपाल दूरसञ्चार प्राधिकरण र २५७ ओटा गाउँपालिका/नगरपालिकाबीच समझदारी भएको छ । भूकम्पबाट अति प्रभावित आठ जिल्ला र काठमाडौं उपत्यकाबाहेकका ६६ जिल्लाका सम्पूर्ण सामुदायिक आधारभूत विद्यालयमा कम्तीमा २० एमबीपीएस क्षमताको ननडेडिकेटेड ब्रोडब्यान्ड इन्टरनेट सेवा जडान तथा सञ्चालन गर्न कार्यक्रम अघि बढाइएकोमा ६५६ मध्ये २५७ ओटा स्थानीय तहसँग हालै समझदारीपत्रमा हस्ताक्षर भएको प्राधिकरणका प्रवक्ता सन्तोष पौडेलले जानकारी दिए । प्राधिकरणको ग्रामीण दूरसञ्चार विकास कोष परिचालन गरी सञ्चालित परियोजनामध्ये भूकम्पबाट अति प्रभावित आठ जिल्ला (काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, रसुवा, नुवाकोट, दोलखा, सिन्धुली, रामेछाप र ओखलढुंगा)का सबै स्थानीय तहको कार्यालय, वडा कार्यालय, सामुदायिक मावि, सामुदायिक स्वास्थ्य संस्थाहरूमा क्षमता अभिवृद्धि र जडान गर्न सो योजना ल्याइएको हो, जसमा सम्पूर्ण आधारभूत विद्यालयसमेत गरी करीब ४ हजार २५१ स्थानमा कम्तीमा २० एमबीपीएस क्षमताको ननडेडिकेटेड ब्रोडब्यान्ड इन्टरनेट सेवा जडान गरी २ वर्षसम्मका लागि महशुलबापतको रकम उपलब्ध गराउने योजना छ । आधारभूत विद्यालयमा कम्तीमा २० एमबीपीएस क्षमताको ननडेडिकेटेड ब्रोडब्यान्ड इन्टरनेट सेवा जडान तथा सञ्चालन गर्न ७५ मध्ये ७० ओटा पालिकासँग अन्तिम सम्झौता भइसकेको प्रवक्ता पौडेलले जानकारी दिए । प्राधिकरणले इन्टरनेटबारे सम्झौता गर्न बाँकी रहेका गाउँपालिका÷नगरपालिकालाई सम्झौताका लागि आग्रह गरेको छ । प्राधिकरणले ‘डिजिटल नेपाल फ्रेमवर्क’को आकांक्षा पूरा गर्ने उद्देश्यअनुरूप ग्रामीण दूरसञ्चार विकास कोषको परिचालन गरी हालसम्म १ हजार ६ किलोमिटर  (४६.१६ प्रतिशत) अप्टिकल फाइबर बिछ्याउने कार्य सम्पन्न गरेको छ । रासस

क्लासिक टेकको ‘काइदा छ फाइदा छ’ अफर - Karobar National Economic Daily

इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकले ‘काइदा छ फाइदा छ’ अफर ल्याएको छ । यो अफरअन्तर्गत ६ एमबीपीएस क्षमताको इन्टरनेट प्रतिमहिना १ हजार ९९ मा ल्याएको छ । त्यस्तै १५…