१८ पुस, जनकपुरधाम । बुधबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनकपुरधाममा गरेको कार्यक्रममा मधेश भवनको गोदाममा थन्किएको पाँच हजार थान साइकलको प्रसंग उठ्यो । ‘बेटी पढाउ बेटी बचाउ’ कार्यक्रममा अख्तियारले मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका तत्कालिन सचिवसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा चलाएपछि पहिले नै किनिएको करिब पाँच हजार थान साइकल वितरण पनि रोकिएको छ । ‘अख्तियारले समयमा […]