साइकल मैत्री शहर बनाउने उद्देश्यले ललितपुरका सडक साइकल मैत्री बनाइए पनि अहिले सबै साइकल लेनहरु अतिक्रमणमा परेका छन् । अहिले यी साइकल लेनको अवस्था हेर्दा सबैको हेपाई र पेलाइमा परेको देखिन्छ । ललितपुर महानगरपालिकाले धेरै महत्व दिएर बनाएको सातदोबाटो, लगनखेल, सुन्धारा, पुल्चोक, भनिमण्डल, झम्सिखेल र कुपण्डोल क्षेत्रको सडकको साइकल लेनमा जताततै अवरोध नै अवरोध देखिन्छ ।निम्न वर्गले चढ्ने साइकलको परिचय पछिल्लो समय स्वास्थ्य सचेतना र साइकल मैत्री सडक संरचना निर्माण हुने आशा गरिएपनि यस प्रकारको अव्यवस