पर्यटन प्रवर्द्धन गर्न साइकल यात्रा

नेपाल र भारतका ८७ साइकल यात्री कैलालीदेखि डोटीसम्मको साइकल यात्रामा निस्केका छन्। शनिबार बिहान धनगढीबाट निस्केका उनीहरुले कैलाली र डोटीका पर्यटकीय स्थल हुँदै डोटीको बुडर पुगेर तीन दिनमा यात्रा समापन...

सम्बन्धित सामग्री

पर्यटन प्रवर्द्धनका लागि सुदूरपश्चिममा साइकल यात्रा

सुदूरपश्चिमको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले साइकल यात्रा सम्पन्न गरिएको छ । डडेलधुराको अमरगढी किल्लाबाट सुरु गरिएको साइकल यात्राका यात्री भू-स्वर्ग खप्तड हुँदै बुधबार धनगढी आइपुगेका छन् ।

दुईदिने ‘बुद्ध ज्ञान साइकल यात्रा’ सुरू

साइकल सिटी भैरहवाले गौतम बुद्धको जन्मस्थल लुम्बिनीसहित बुद्धसँग सम्बन्धित स्थलहरूलाई समेटेर ‘बुद्ध ज्ञान साइकल यात्रा’ सुरु गरेको छ। गौतमबुद्धसंग जोडिएका रुपन्देही, कपिलबस्तु र नवलपरासी क्षेत्रको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले शुक्रवारदेखि दुईदिने...

पर्यटन प्रवर्द्धन गर्न मेची–महाकाली साइकल यात्रा

११ कात्तिक, झापा ।  पर्यटन प्रवर्द्धनको उद्देश्य लिएर मकवानपुरका १३ जना साइकलयात्रीले शनिबार बिहान पूर्वी नेपालको काँकडभिट्टाबाट मेची–महाकाली यात्रा सुरु गरेका छन् । मेचीनगर नगरपालिकाका निवर्तमान नगरप्रमुख विमल आचार्य र नेपाल पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गिरीले खादा र अबिर लगाएर साइकल यात्रीहरुलाई बिदाइ गरेका छन् । मकवानपुरको हिमालयन राइडर्स् सोसाइटीको आयोजनामा भएको साइकलयात्रामा निवृत्त […]

ग्रामीण पर्यटन प्रवर्द्धन गर्न ‘राइनो टु राप्ती राइड’

चितवन। भरतपुर भ्रमण वर्ष २०२४ लाई लक्षित गरी भरतपुरमा साइकल यात्रा गरिने भएको छ । विशेषगरी चितवनको ग्रामीण पर्यटन तथा पर्यापर्यटनको प्रवर्द्धनका लागि साइकल यात्रा गरिने भएको हो । भरतपुर महानगरपालिका– ६ स्थित बाटुली पोखरीबाट निकुञ्जको काख हुँदै जगतपुरसम्म ‘राइनो टु राप्ती राइड–२०८०’ गर्न लागिएको हो । दक्षिणकाली पर्यटन सहकारी संस्था र चितवन साइकल राइडर्सको संयुक्त आयोजनामा घटस्थापनाको अवसर पारेर आइतवार ३० किमी साइकल यात्रा हुने बताइएको छ । भरतपुर भ्रमण वर्ष आगमनको जानकारी दिन र विशेषगरी यस वर्ष ग्रामीण पर्यटनको प्रवर्द्धन गर्न साइकल र्‍यालीको आयोजना गरिएको सहकारी संस्थाका अध्यक्ष राजकुमार श्रेष्ठले जानकारी दिए । जंगल सफारीसहितको साइकल र्‍यालीले यस क्षेत्रको जैविक विविधता, पर्यापर्यटनका साथै पर्यटन प्रवर्द्धन र वन्यजन्तुको संरक्षणमा समेत सचेतना अभिवृद्धि हुने उनको भनाइ छ । र्‍यालीमा संरक्षणकर्मी, अभियन्ता, पर्यटनकर्मी, साइकलप्रेमी, जनप्रतिनिधि गरी १५० जनाले साइकल यात्रा गर्ने बताइएको छ ।

पर्यटन प्रवर्द्धन गर्न ‘टुर दी ठाकुरद्वारा’

बाँके । पर्यटन व्यवसायलाई साइक्लिङमार्फत प्रवर्द्धन गर्ने उद्देश्यले नेपालगञ्जबाट बर्दियाको ठाकुरद्वारासम्म साइकल यात्रा गरिने भएको छ । नेपालगञ्ज साइक्लिङ क्लबले आयोजना गर्ने यस अभियानमा करीब ३०० साइकल यात्री बर्दिया राष्ट्रिय निकुञ्जमा अवस्थित ठाकुरद्वारा पुग्ने क्लबका अध्यक्ष सतीश निरौलाले जानकारी दिए । उनका अनुसार यही माघ २६, २७ र २८ गते हुने नेपालगञ्ज साइकल महोत्सवअन्तर्गत ‘टुर दी ठाकुरद्वारा’ र ‘नेपालगञ्ज किड्स रेस’को पनि आयोजना गरिएको छ । ‘यही माघ २६ गते बागेश्वरी मन्दिरबाट शुरू हुने हाम्रो यात्रा त्रिभुवनचोक, गणेशमानचोक, खजुरामा रहेको सिमसार क्षेत्रबाट बढैयाताल अनि बाँसगढीको ओम केदारेश्वर मन्दिर र सतखलुवा ताल हँुदै ठाकुरद्वारा पुग्नेछ,’ अध्यक्ष निरौलाले भने, ‘२७ र २८ गते बर्दिया राष्ट्रिय निकुञ्जको जंगल सफारी, हात्ती सफारी अनि नेपालकै लामो गेरुवा कर्णाली पुलको पनि अवलोकन गराउँदै कर्णाली चिसापानीसम्म पुर्‍याउने हाम्रो योजना छ ।’ साइकल यात्राका लागि रुट र त्यसमा आवश्यक पर्ने सबै खालको समन्वय गरिसकेको भन्दै अध्यक्ष निरौलाले ‘टुर दी ठाकुरद्वारा’मा अन्तरप्रदेशीय साइकल यात्री र अन्तरराष्ट्रिय साइकल यात्रीसँगै स्थानीय साइकल यात्री पनि सहभागी हुने उल्लेख गरे । ‘साइक्लिङलाई संस्कृति र पर्यटनसँग जोडेर काम गर्ने हाम्रो मुख्य उद्देश्य हो । रासस

पोखरा र बागलुङलाई पर्यटनसँग जोड्न साइकल यात्रा

बागलुङ : सगरमाथा आरोही तथा पर्यटन अभियान्ता कृष्ण केसी ६ दिने साइकल यात्रामा निस्किएका छन्। पोखरालाई बागलुङको ढोरपाटनसँग जोड्नका लागि यात्रा थालेका हुन्। पर्यटन प्रवर्द्धन गर्दै पोखराका पर्यटनहरुलाई ढोरपाटन ल्याउनका लागि उनले बिहीबार पोखराबाट साइकल यात्रा थालेका हुन्।विभिन्न समयमा पर्यटन पवर्बद्धनात्कम अभियान चलाउँदै आएका कृष्ण केसी गृहजिल्ला बागलुङको प्रर्बद्धनका लागि साईकल यात्रा गरेको बताए। विश्व पर्यटन दिवसको अवसरमा ६ दिने साइकल यात्रा थालेका हुन्। साइकल यात्राको दोस्रो दिन शुक्रबार बागलुङ ब

पोखरालाई ढोरपाटनसँग जोड्न साइकल यात्रा

गलकोट– पोखरालाई बागलुङको ढोरपाटनसँग जोड्नका लागि पर्यटन अभियन्ता तथा सगरमाथा आरोही कृष्ण केसीले छ दिने साइकल यात्रा थालेका छन् । पर्यटन प्रवर्द्धन गर्दै पोखराका पर्यटनलाई ढोरपाटन ल्याउनका लागि उनले बिहीबार पोखराबाट साइकल यात्रा थालेका हुन् । विभिन्न समयमा पर्यटन प्रर्वद्धनात्मक अभियान चलाउँदै आएका कृष्ण केसी गृह जिल्ला बागलुङको प्रर्वद्धनका लागि साइकल यात्रा गरेको बताए ।  […]

सुदूरपश्चिममा पर्यटन प्रवर्द्धनका लागि ‘साइकल यात्रा’

धनगढी – सुदूरपश्चिममा पर्यटन प्रवर्द्धन गर्न ‘साइकल यात्रा २०७८’ सुरु गरिएको छ। साइकल यात्राको सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले शनिबार धनगढीमा उद्घाटन गरे। उद्घाटन कार्यक्रममा मुख्यमन्त्री भट्टले सुदूरपश्चिममा भएको पर्यटन क्षेत्रको सम्भावनालाई उजागर गर्न साइकल यात्राले महत्वपूर्ण भूमिका खेल्ने बताए। ‘धनगढीदेखि डोटीको बुडरसम्म हुने साइकल यात्राले पर्यटन प्रवर्द्धनमा महत्वपूर्ण भूमिका खेल्ने छ’, उनले भने ‘विश्वप्यापी […]

सुदूरपश्चिममा पर्यटन प्रवर्द्धन गर्न साइकल यात्रा हुने

२४ मंसिर, धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले निजी क्षेत्रसँगको समन्वयमा पर्यटन प्रवद्र्धनका लागि साइकल यात्रा गर्ने भएको छ । ‘सुदूरपश्चिम साइकल यात्रा २०७८’ नाम दिएर प्रदेशको उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालय मातहतको प्रदेश पर्यटन विकास कार्यक्रम कार्यान्वयन इकाइको आयोजनामा अगामी पुष पहिलो साता साइकल यात्रा हुने भएको हो । पर्यटन विकास कार्यक्रम कार्यान्वयन इकाईले […]

पर्यटन प्रवर्द्धनका लागि पर्सा राष्ट्रिय निकुञ्जमा साइकल यात्रा

२७ फागुन, वीरगञ्ज । पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले पर्सा राष्ट्रिय निकुञ्जभित्र साइकल यात्रा गरिएको छ । ‘स्वच्छ देश, स्वस्थ मधेस’ भन्ने नाराका साथ प्रदेश सरकार, नेपाली सेना, पर्सा राष्ट्रिय निकुञ्ज लगायत सरोकारवाला निकायले बिहीबार साइकल यात्राको आयोजना गरेका हुन् । साइकल यात्रामा १९५ जना साइकलयात्री सहभागी थिए । निकुञ्ज परिसरबाट सुरु भएको साइकल यात्रामा यात्रीहरुले […]