काठमाण्डाै – सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले संशोधन भएको राष्ट्रिय प्रसारण नियमावलीले प्रेस स्वतन्त्रतामा कुनै हस्तक्षेप नगरेको दाबी गर्नुभएको छ ।
नेपाल पत्रकार महासङ्घले आज बुधवार काठमाण्डौमा गरेको कार्यक्रममा मन्त्री कार्कीले अनलाइन टेलिभिजनका नाममा भइरहेको विकृतिलाई रोक्न नियमावली संशोधन भएको र यसको उद्देश्य प्रेस स्वतन्त्रतालाई ठेस पुर्याउनु नभएको स्पष्ट पार्नुभयो । प्रेस स्वतन्त्रतामा नेपाल दक्षिण एसियामै अग्रस्थानमा रहेको भन्दै सञ्चार मन्त्री कार्कीले अभिव्यक्ति स्वतन्त्रतामाथि अङ्कुश लगाउने विष...