काठमाण्डाै – स्वदेशी लगानीमा निर्माण भइरहेको माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको सुरुङमा पानी खसालिएको छ । चार सय ५६ मेघावाट क्षमताको जलविद्युत् आयोजनाको बाँधस्थलमा पानी भर्ने बटम थिचेर सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङ र भौतिक तथा पूर्वाधार मन्त्री वसन्त नेम्वाङले सुरुङमा पानी खसाल्ने कामको सुरुवात गर्नुभएकाे हाे ।
कार्यक्रममा सञ्चार मन्त्री पार्वत गुरुङले नेपालको जलविद्युत् क्षेत्रको इतिहासमा सबैभन्दा खुसीको क्षण भएको बताउनुभयो ।
राष्ट्रिय गौरवको आयोजनाको रूपमा लिइएको तामाकोशी आयोजनाले...