राष्ट्रिय पुनर्निर्माण प्राधिकरणमा प्रमुख कार्यकारी अधिकृत (सिइओ) युवराज भुसाल नियुक्त भएका छन्। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले भुसाललाई प्राधिकरणको सिइओमा नियुक्त गरेको हो। सरकारका प्रवक्ता एवं सुचना तथा सञ्चार मन्त्री मोहनबहादुर बस्नेतका अनुसार निवर्तमान सिइओ गोविन्द पोखरेलले आइतबार पदबाट राजीनामा दिएपछि सोमबार बसेको मन्त्रिपरिषद बैठकले उनको राजिनामा स्वीकृत गर्दै उनलाई प्राधिकरणको जिम्मेवारी दिएको हो। सुशील ज्ञवाली…