जेलमा रहेका बेलारूसी मानवअधिकार अभियन्ता एलेस बियलियात्स्कीले सन् २०२२ को नोबेल शान्ति पुरस्कार जितेका छन्। बियलियात्स्कीसँगै रसियाली मानवअधिकारवादी संगठन ‘मेमोरियल’ र युक्रेनी मानवअधिकारवादी संगठन ‘सेन्टर फर सिभिल लिबर्टीज’ले पनि नोबेल शान्ति पुरस्कार जितेका छन्।
समितिले दोस्रो विश्वयुद्ध पछि युरोपमा सबैभन्दा उथलपुथल रहेको अवस्थामा ‘शान्तिपूर्ण सहअस्तित्व’का च्याम्पियनहरूलाई सम्मान गरिएको बताएको छ।…