अमेरिकाका राष्ट्रपति जो बाइडनले कोभिड–१९ को संकट समाधानका लागि संघीय समाधान नभएको बताएपछि विपक्षी रिपब्लिकन पार्टीका नेताहरूले उनको आलोचना गरेका छन् ।
सन् २०२० को अक्टोबर महिनामा बाइडनले भाइरसलाई निमिट्यान्न पार्न सक्ने क्षमता आफूसँग भएको बताएका थिए ।
अहिले आएर उनले केही गर्न नसकिने भनी आत्मसमर्पण गर्दा विपक्षीहरूले राम्रो मसला पाएका छन् ।
सरकारी स्तरमा मास्कलाई अनिवार्य गराइएको अनि खोप लगाउनैपर्ने बाध्यता निर्माण गरिएको भए पनि अमेरिकामा कोभिडको प्रकोप जारी छ ।
सेन्टर्स फर डिजीज कन्ट्रोल...