काठमाडौं : नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले सत्तारुढ गठबन्धन मन्त्रालय बाँडफाँड गर्नसमेत नसक्ने अवस्थामा पुगेको दावी गरेका छन्। जनकपुरमा शुक्रबार आयोजित पार्टीको प्रशिक्षणमा उनले सत्तारुढ गठबन्धन अन्तरविरोधमा फसेको र यसले मुलुकको कुनै पनि समस्या समाधान गर्न नसक्ने ठोकुवा पनि गरे।सत्तारुढ गठबन्धनको ध्यान सरकार टिकाउने कुरामा मात्रै रहेकाले यसले देश र जनताको समस्या समाधान गर्नै नसक्ने उपाध्यक्ष पौडेलको तर्क थियो। निवर्तमान उपप्रधानमन्त्री एवम् अर्थमन्त्रीसमेत रहेका उनले मुलुकको अर्