सहमतिसँगै फोहोर बोकेर बन्चरेडाँडा पुगेका गाडी रोके स्थानीयले

काठमाडौँ – बन्चरेडाँडा ल्यान्डफिल साइट प्रभावित क्षेत्र सरोकार समितिले सोमबार सरकारसँग भएको सहमति नमान्ने भन्दै सिसडोल बन्चरेडाँडामा फोहोर फाल्न अवरोध गरेको छ । प्रभावित क्षेत्रका स्थानीय पालिकासँग महानगर र मन्त्रालयले सहमति गरे पनि स्थानीयवासी सो सहमतिको विरोध गर्दै मंगलबार बिहान बन्चरे डाँडामा भेला भएका छन् । उनीहरुले काठमाडौंबाट फोहोर बोकेर गएका गाडीहरुलाई बाटोमै रोकेका छन्। […]

सम्बन्धित सामग्री

कहिले उठ्ला काठमाडौंमा यत्रतत्र थुप्रिएको फोहोर?

काठमाडौं, भदौ ४ । काठमाडौं उपत्यकाको फोहोर धमाधम उठाउने कार्य भइरहेको छ । काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले शुक्रबार मात्र २ सय ८७ वटा फोहोरका गाडी बन्चरेडाँडा पुगेको बताए । उनका अनुसार बिहीबार पनि २ सय ८४ वटा फोहोर बोकेका गाडी बन्चरेडाँडा पुगे । तर, चोक तथा सडकमा थुप्रिएको फोहोरको डंगुर भने अझै पनि उस्तै […]

कहिले उठ्ला, काठमाडौंको सबै फोहोर

काठमाडौं । काठमाडौं उपत्यकाको फोहोर धमाधम उठाउने कार्य भइरहेको छ । काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले शुक्रबार मात्र २ सय ८७ वटा फोहोरका गाडी बन्चरेडाँडा पुगेको बताए । उनका अनुसार बिहीबार पनि २ सय ८४ वटा फोहोर बोकेका गाडी बन्चरेडाँडा पुगे । तर, चोक तथा सडकमा थुप्रिएको फोहोरको डंगुर भने अझै पनि उस्तै छ । […]

बन्चरेडाँडा विवाद : सहमतिपछि पनि स्थानीयद्वारा फोहोर विसर्जन अवरोध

काठमाडौँ । बन्चरेडाँडामा फोहोर विसर्जन गर्न गएका गाडीहरूलाई स्थानीयले बिहीबार बिहानैदेखि अवरोध गरेका छन् । बुधबार काठमाडौँ, नुवाकोट र धादिङका प्रजिअ र सम्बन्धित पालिकाका प्रमुख प्रशासकीय अधिकृतहरुबीच फोहोर विसर्जन सम्बन्धमा ४ बुँदे सहमति भएको थियो । स्थानीयले पक्राउ परेका एक जनालाई छुटाउन माग गर्दै फोहोर बोकेको गाडी अवरुद्ध गरेका छन् । पार्किङ गरेर राखिएका फोहोर […]

फोहोर बोकेका गाडी फेरि रोकिए

काठमाडौंको फोहोर व्यवस्थापनमा चुनौति थपिँदै गएको छ । आज बिहान फोहोर बोकेर बन्चरेडाँडा ल्यान्डफिल साइट पुगेका टिपरहरूलाई राजनीतिक दलका स्थानीय प्रतिनिधिले अवरोध गरेका छन् ।  हिजो एक विज्ञप्ति जारी गरी धादिङको...

फोहोर बोकेर बन्चरेडाँडा पुगेका १८ गाडी तोडफोड

काठमाडौँ – काठमाडौँ उपत्यकाकाे फोहोर लिएर गएका १८ गाडी बन्चरेडाँडामा तोडफोड गरिएको छ। गएराति बन्चरेडाँडास्थित स्यानिटरी ल्यान्डफिल साइटमा फोहोर विसर्जनका लागि पुगेका गाडी तोडफोड भएका छन्। फाेहाेर लिएर त्यहाँ पुगेका ती गाडी कस्ले ताेडफाेड गर्याे भन्नेबारे पत्ता लागेको छैन। ल्यान्डफिल साइटका सहायक इन्जिनियर सरकारदीप श्रेष्ठलेका अनुरसार हालसम्म १८ वडा गाडी तोडफोड भएको अवस्थामा छन्। पाेहाेरकाे […]

उपत्यकाको फोहोर बोकेका गाडी तोडफोड

काठमाडौं, २४ साउन । काठमाडौंबाट फोहोर बोकेर गएका गाडीमाथि तोडफोड भएको छ । सिस्डोल बन्चरेडाँडा सडकखण्डको आलेटार भन्ने स्थानमा फोहोर बोकेर गएका गाडीमाथि अज्ञात समुहले तोडफोड गरेका हुन् । तोडफोडबाट १४ वटा गाडी र ३ वटा डोजरमा क्षति भएको स्रोतले जनाएको छ । सिस्डोलबासीले सरकारसँग गरेको सहमति कार्यान्वयन नभएको भन्दै आगामी भदौ १ गतेदेखि उपत्यकाको […]

‘बन्चरेडाँडा जाने सडक आयोजनाका कारण रोकिएको छैन’

सहरी विकास मन्त्रालयअन्तर्गत रहेको बन्चरेडाँडा स्यानिटरी ल्याण्डफिल आयोजनाका प्रमुख रवीन्द्र बोहोराले आफूहरूको कारण बन्चरेडाँडा ल्याण्डफिल साइट जाने सडक अवरुद्ध नभएको बताएका छन् । उनले कठिन मानिएको सिसडोलमा एकतर्फी रूपमा फोहोर बोकेर गाडी जान सक्ने गरी व्यवस्था मिलाइएको कारण आयोजनाको कारण फोहोरका गाडी नरोकिएको बताएका हुन् । विगत २०७६ सालदेखि बन्चरेडाँडामा ल्यान्डफिल साइट र कोल्पुखोला जलाधार क्षेत्रमा पूर्वाधारको निर्माणको गर्दै आएको बताउँदै उनले हाल तीन पिप्लेदेखि बन्चरेडाडाँसम्म सडक यातायात

बन्चरेडाँडा जाने सडक एक साता बन्द

काठमाडौं । काठमाडौं उपत्यकाको फोहोर विर्सजन हुँदै आएको बन्चरेडाँडा ल्यान्डफिल साइट जाने सडक एक साताका लागि बन्द भएको छ । बन्चरेडााडा जाने सडक खण्डको सिसडोलमा फोहोर बोकेको गाडी जान नसक्ने भएपछि मंगलबारबाट स्तरोन्नतिको काम सुरु गर्दै एक साता सडक बन्द गरिएको हो । काठमाडौं महानगरपालिकाले कुहिने / नकुहिने फोहोर छुट्याएर मात्र ल्यान्डफिल साइट लैजाने योजना […]

बन्चरेडाँडा जान सकेनन् फोहोर बोकेका गाडी

२५ जेठ, काठमाडौं । काठमाडौंको फोहोर बिहीबार विहान बञ्चरेडाँडा ल्याण्डफिल साइट गएका छैनन् । सुरक्षाको प्रत्याभूति नभएपछि फोहोरका गाडी पठाउने/नपठाउनेबारे अन्योल भएको छ । प्रहरीहरु नै घाइते हुने गरी झडप भएपछि बुधबार गएका गाडी फोहोर नखसाली काठमाडौैं आएका थिए । काठमाडौं महानगरपालिकाका नगर प्रहरी प्रमुख धनपति सापकोटा गाडी नै तोडफोड भएकाले सुरक्षाको थप व्यवस्था गरेर […]